म यहाँ डढीरहेछु
लाग्छ
कतै जुनको सितल छाहरी
मेरो निम्ती सन्तापमै
बिलय हुने हो कि ।।
भावनाका उद्बेग छालहरुसगै
मेरा सारा निस्कपट
अभिलाषाहरु
एउटा अपरिचित गोरेटोसंगै
गुम्नाम् पो हुने हो कि ।।
हो
यी थकिसकेका मेरा कुराइहरु
बर पिपलको सिरसिर
बतासमा
एकनासले डुबुल्कि मार्न खोज्छन ।
मरुभुमिमा ओइलाईसकेको
एउटा पालुवा
केही थोपा पानीको आसमा
पर्खिरहेछ
गनिरहेछ प्रतेक पलाहरु उसले
घामका पूर्वपश्चिमहरुसगै ।।
यो जिन्दगी खै के जिन्दगी,
झिरमा उनेको एउटा माछाजस्तै
तड्पिरहेछन सारा
अकुलुसित् आकाँक्षाहरु
किनाराहरुलाइ छोड्दै बगेका
सारा नदीहरुजस्तै ।।
-प्रदीप गौतम
(07/23/2011)
लाग्छ
कतै जुनको सितल छाहरी
मेरो निम्ती सन्तापमै
बिलय हुने हो कि ।।
भावनाका उद्बेग छालहरुसगै
मेरा सारा निस्कपट
अभिलाषाहरु
एउटा अपरिचित गोरेटोसंगै
गुम्नाम् पो हुने हो कि ।।
हो
यी थकिसकेका मेरा कुराइहरु
बर पिपलको सिरसिर
बतासमा
एकनासले डुबुल्कि मार्न खोज्छन ।
मरुभुमिमा ओइलाईसकेको
एउटा पालुवा
केही थोपा पानीको आसमा
पर्खिरहेछ
गनिरहेछ प्रतेक पलाहरु उसले
घामका पूर्वपश्चिमहरुसगै ।।
यो जिन्दगी खै के जिन्दगी,
झिरमा उनेको एउटा माछाजस्तै
तड्पिरहेछन सारा
अकुलुसित् आकाँक्षाहरु
किनाराहरुलाइ छोड्दै बगेका
सारा नदीहरुजस्तै ।।
-प्रदीप गौतम
(07/23/2011)
90C48413
ReplyDeleteViranşehir
Foça
Narlıdere
Ağva
Tatvan
Beydağ
Tepebaşı
Akseki
Erdek