Featured Post

4 Awesome Life Hacks & Creative Science Experiments

  4 Awesome Life Hacks & Creative Science Experiments Hello science and tech lovers, here are 4 Awesome Life Hacks & Creative Scienc...

Saturday, July 23, 2011

जुन एउटा सनतापभित्र

म यहाँ डढीरहेछु
लाग्छ
कतै जुनको सितल छाहरी
मेरो निम्ती सन्तापमै
बिलय हुने हो कि ।।



भावनाका उद्बेग छालहरुसगै
मेरा सारा निस्कपट
अभिलाषाहरु
एउटा अपरिचित गोरेटोसंगै
गुम्नाम् पो हुने हो कि ।।


हो
यी थकिसकेका मेरा कुराइहरु
बर पिपलको सिरसिर
बतासमा
एकनासले डुबुल्कि मार्न खोज्छन ।


मरुभुमिमा ओइलाईसकेको
एउटा पालुवा
केही थोपा पानीको आसमा
पर्खिरहेछ
गनिरहेछ प्रतेक पलाहरु उसले
घामका पूर्वपश्चिमहरुसगै ।।


यो जिन्दगी खै के जिन्दगी,
झिरमा उनेको एउटा माछाजस्तै
तड्पिरहेछन सारा
अकुलुसित् आकाँक्षाहरु
किनाराहरुलाइ छोड्दै बगेका
सारा नदीहरुजस्तै ।।


-प्रदीप गौतम
(07/23/2011)

No comments:

Post a Comment