Featured Post

4 Awesome Life Hacks & Creative Science Experiments

  4 Awesome Life Hacks & Creative Science Experiments Hello science and tech lovers, here are 4 Awesome Life Hacks & Creative Scienc...

Tuesday, December 31, 2013

Saturday, September 14, 2013

14. Family Fun on Creekside - Watercolor on Paper

This is a re-painting of a painting by Christine Tidwell. Watercolor on paper. 14"x11".
by Pradeep Gautam 

Monday, August 26, 2013

10. Urban Life on Paper (Nepal/India): People, city, temple, and bridge - Watercolor


This painting is inspired from Prafull Sawant's painting. I just tried my version of his painting. Its a watercolor in paper (framed). 

Sunday, July 7, 2013

2. Landscape: River, bare trees and reflections - Acrylic on Paper


1. Landscape: Trees, River, and Forest- Acrylic on Paper

Acrylic on paper. Landscape imaginary scene.

बिहानीको पर्खाइमा

एउटा नबिनतम दिन आउछ फेरि 
हिजो जस्तै गरी 
फक्रिन्छ, फुल्छ अनि 
गोधुलिमा 
धुल्मुलिदै ओइलिन थाल्छ 
असिनाले चुटेको
कर्कलाको पात जस्तै गरि ।। 

म 
केवल हेर्छु तिनै हरेक आज'हरूलाई 
ठिङ निर्लज्जित मनहरूको 
किनरामा उभिएर
एउटा तमासे जस्तै गरी। 
अनि
चल्न खोज्छु
मौलाउन खोज्छु
समयको गतिलाई 
फगत 
पछ्छ्याउन खोज्छु
आँधीमा परेको एउटा
बबुरो माझी जस्तै गरी। 

तर, 
ती मेरा चलाइहरू र पछ्छ्याइहरू
यत्तिकैमा पूर्ण बिराम लाग्छन,
मानौ, अब कुनै परिच्चेदहरू 
लेखिने छैनन् फेरी
मेरा प्रयासरुपी किताबका पानाहरुमा।    
मेरा उठ्ने, दौडिने र लक्ष्यहरूलाइ चुम्ने
अभिलाषाहरू
चुर्लुममा डुब्छन
क्षितिजमा डुब्न लागेको 
घाम जस्तै गरी ।।

अबरोहका बिशम चक्रब्युहमा
गुमनाम हुनै लागेका यी पाइलाहरू
सिस्नोरुपी गन्तब्यका कलोपत्रेहरुमा 
अझै तछाडमछाड गर्न लालायित छन्
त्यहि स्वोर्णिम बिहानीको पर्खाइमा,
प्रत्येक घडीहरू कुरिरहेछन
अब तिनै औसीहरूलाई 
चारभन्ज्याङ कटाउने गरी । 
अब तिनै निरसा र बिछिप्तताहरूलाई 
कहिल्लेई नबिउताउने गरी ।। 
06/30/13

Wednesday, February 20, 2013

गन्तब्य र खुट्किलाहरू

यो जिन्दगीका
बिशम यात्रा
अनि 
समतला र खन्डहरहरुमा
कहीले जानेर लडें हुँला 
कहीले नजनेरै लडेँ हुँला । 
जङारहरू तर्न खोज्दा,
भुमरिहरुमा 
अनायसै भासियें पनि होला । 
तर पनि,
मेरो गन्तब्य
मेरो आँखा अगाडी छिपेको छैन ।
त्यसैले त
सायद
म थाकेको छैन पनि होला
चढनुपर्ने धेरै घनघस्याहरू देखेर
यो मन
सायद
बिचलित भएको छैन पनि होला
खुट्किलाहरू पछ्छ्याउदै गर्दा
यी खुट्टाहरू
सायद
तिर्मिर्याएका छैनन पनि होला ।।

02/05/013