Featured Post

4 Awesome Life Hacks & Creative Science Experiments

  4 Awesome Life Hacks & Creative Science Experiments Hello science and tech lovers, here are 4 Awesome Life Hacks & Creative Scienc...

Friday, July 29, 2011

Time: You Are My Pedagogue

Dear Time,

You are so great'
I can not stop without
Praising your nobleness,
I venerate your grandeur.

Time,
Its not just because,
You are running with unstoppable pace
Its not just because,
You are powerful,
Its because, You are my pedagogue,
And I am your pupillage.

You have taught me
many lessons of the life,
so that,
I can walk without fear of
overhanging obstacles.
You have given me
Such a luminous light
So that,
I can see the glimpse of beauty,
You have given me
Such a tenacity, so that
I can cross the rivers of sorrow.
You have given me
Such a wings of felicity, so that
I can fly over the sea of grief.

Time,
You are really great'
Because of You,
I do not need to live
Being analphabetism,
Because of You ,
I do not need to live
Under the shed of fragility.

Time,
You are simply a nifty,
I will be learning
With you in every seconds of my life.
you will be following me
and I will be following you
in every stanza of my life.

In my screams, smiles, tears and faith,
My heartbeat, eyes and each of my breathe,
You will be there with me
In each of my steps.

Dear Time,
At last, I would say this,
Without your kindness,
I shall never be me!
Without your wish,
My cherished world
Would never be glorious like this.

-Pradeep Gautam (12/23/2010)

Wednesday, July 27, 2011

आगोका फेवाहरु

हे
काल्पनिक अपरिचिता

भो भैगो भो
मैले पुरा गर्न नसकेका बाचाहरु
अब
धमिराहरुले पुरा गर्नेछन,
किनकी
धमिरहरुको रासमा
लट्पटिएको छु,
धेरै आश्वासनहरुका
थुप्राहरुबाट
खुला आकाशमा म
शायदै आउनेछु ।।


तिमीले बोलाउने छौ शायद,
जिन्दगीका कुनै हरफहरुमा
र मलाई कोट्ट्याऊने छौ
अनी सोध्नेछौ
प्रिय
कहाँ गए तिम्रा बाचाहरु
कहाँ गए ति कोकिल कन्ठहरु
अनी कहाँ गए ति
संसार भुलाउने मुस्कानहरु ।।
अनी म,
अनायसै हराउने छु
पस्चातापको बिस्मएकारी
कोइलाहरुमा बिलिन हुनेछु।।

हो,
जब जब मैले
सफलताको सगरमाथा चढ्न खोजे,
तब तब
पापी हिमपहिरोहरुको भङारमा छोपिन पुगे,
जब जब मैले
आगोका फेवाहरु
पानीको डुंगामा तर्न खोजे,
तब तब मैले
पानीहरु जलेको पाए ।
अब फेरी म मा
हिमपहिरोहरुलाई चिर्ने दम्भ छैन
अब फेरी म मा
आगोका फेवाहरु तर्ने अतिरन्जना छैन।
म केवल एउटा परिधीभित्र सिमित छु,
मेरा सारा बिगत,
आश्वासनरुपी धमिराहरुका सिरानीहरुमा
गुज्रिरहेकाछन
प्रतेक काला जुनहरुसगै ।।


-प्रदीप गौतम

Saturday, July 23, 2011

पुरानो डुङामाथी अपरिचित म

जिन्दगीको दोसाँध अनी
फेवातालको पुरानो डुङा
दुबै पर्खिरहेछन
एउटै गन्तब्य
एउटै किनारा
एउटै व्रित्तभित्र ।
एउटा निर्जिब डुंगा
एउटा पुरानो डुंगा
बिसाल तालको बिचतिर
मेरो खल्ली उडाइरहेको छ।
म सजिब मान्छेको धज्जी उडाइरहेको छ
एउटा पुरानो दुङा जसमा,
धमिराहरु लागेका छन्
हरियो लेउ साथी भएको छ पिँधतिर,
बर्सौ बर्ष हावाहुरी खेपेको छ
आंधी बेहेरी सहेको छ
एउटा बिरक्त जिन्दगीको नमुनाको
उपमा भएको छ यो पुरानो दुङा।

उ एउटा देश हो।
एउटा थोत्रो देश शायद नेपाल जस्तै ।
थोत्रो हैन थोत्रो बनाइयेको
जसरी माझीको एउटै गल्तीले
पुरै कायापलट हुनसक्छ एउटा डुंगा
धेरै धेरै भासण गर्ने नेताहरु
सधैं देशको दासत्तो चाहे।
आफु धेरै लुटे जनता भोकै सुते।
हो
म जस्तै
मर्मत बिनाको एउटा पुरानो दुङाजस्तै
हो यो देश्।
प्रभु मलाई बनाउ पहीले
अन्यथा
अन्त्तत: म त डुब्छु नै भोली
तिमी अनी
तिम्रा धेरै मान्छेपनी डुब्नेछन
अनी तिम्रा ती मोटा मोटा खल्ती पनि डुब्नेछन l

गिज्याइरहेको छ एउटा पुरानो डुंगा मलाई
धन्य म एउटा शिक्षित सबल नागरिक रे
धेरै पढेको विद्वान नागरिक रे।
एउटा गरीब देशको धनी नागरिक रे।
तर जहाँ बसेर म मेरो गर्ब गरिरहेको छु
मैले त्यहा धमिराहरु पठायेको छु।
मलाई थाहा छ फेवातालको बिच्मा
मैले पठायेका धमिराहरुको कारण
म पनि डुब्नेछु
अनी धेरै सजिबहरुपनी डुब्नेछन,
मलाई डुबाउने मेरा धमिराहरुलाई सलाम
किनकी मैले फेरी अर्को सुर्योदय देख्ने छैन
अर्का अर्कै रङ्का धमिराहरुलाई
फेरिपनी पठाउने कुचेस्टा गर्नुपर्ने छैन।
मजस्ता अरुलाई फेरी आसुँ झर्नुपर्ने छैन ।।


Pradeep Gautam

(08/22/2010)

जिन्दगीको परिच्छेद भित्र

तिमी जुनसंगै उदाउछौ
अनी सुर्यास्त संगै लुक्छौ,
तिमीमा जुन लुकेको छ,
एउटा निर्जिब क्षितिज माथिबाट
चिहाइरहेको छु ।
चिहाइरहेको छु त्यो उपत्यका म,
जहाँ हुरी हावा, पानी, तुसारो अनी तुवालोहरु
तछाड्मछाड गरिरहेछन
प्रकृतिको चक्रमा अर्को
चक्र मिलाउन।
म तेही 'तिमी' लाई कुरिरहेको छु,
घडीको प्रत्येक टक टक आवाजहरुसंगै।


एउटा फुल हु।
त्यो फुल जसमा सुगन्ध छैन,
अनि सजिबता छैन ।
म एउटा फुस्रो कागज हु।
त्यसैले त मलाई सुगन्धको अर्थ थाहा छैन।
र त म 'तिमी' लाई कुरिरहेको छु,

धेरै नदीहरुले मलाइ पथ्थर भन्छन्,
हो म पथ्थर पनि हु,
उल्टो बगिरहेको समयको नदीलाई
रोक्ने दुस्साहस गर्ने
बिल्कुल म एक पथ्थर पनि हु।
तेसैले त म तिमीलाई कुरिरहेछु,

अपरिचित अन्धकारहरुमा
आफैभित्र हरायको
एउटा सुन्सान बस्तिभित्र
ठिङ उभिइरहेको बुख्याचा जस्तै
चाल बिहिन र सक्तिहिन
निरर्थक निरासा हु,
तेसैले त तिमीलाई कुरिरहेको छु ।

हो म त्यहि 'तिमि' को पर्खाइमा छु,
तिमी अर्थात मेरा आसाका त्यान्द्राहरु'
तुसारो तुवालोलाई चिर्ने सुर्यका प्रकासहरु,
तिमी अर्थात फुलका सुगन्धहरु,
तिमी अर्थात कपास जस्तै नरमताहरु
तिमी अर्थात अध्यारोलाई चिर्ने दिपहरु,
एउटा सुनौलो यात्राका कामनाहरु संगै,
कुरिरहेछु म,
जिन्दगीको एउटा परिच्छेद भित्र।

-Pradeep Gautam

(11/14/2010)

पर्खाइ

गोधुलीको सुर्यास्तसंगै
शुरु हुन्छन्
मेरा पर्खाइका पलहरु ।
शायद,
एउटा बचेरोले
आफ्नो चारोको प्रतिक्षा गरेजस्तै,
शायद,
एउटा जोगीले
भिक्षाको प्रतिक्षा गरेजस्तै,
शायद,
एउटा प्रेमीले
न्यानो मायाको प्रतिक्षा गरेजस्तै,
तिनै पर्खाइहरुभित्रको
एउटा पर्खाइ हुँ म।


जो प्रत्येक् बिहानिमा
सुनौलो किरणहरुको आभास खोज्दछ,
जो प्रतेक कदमहरुमा
सफलताको सपना देख्दछ,
जो प्रतेक छहरिहरुमा
सितलताको कामना गर्दछ,
त्यहि स्वोघोशित 'अभिलाशा' हुँ म

निरासाका राशहरुमा
आसाका फिलिङाहरुको
घनत्त्वो नपिरहेको छ।
अप्सोच् र अनिस्चित्ताको सागरभित्र
टल टल टल्किने
मोतीको खोजी गरिरहेको छ
तर

थकित छ
अथवा भनौ
म थकित छु,
यो येही संसार भित्र बचेँको छु म,
जहाँ,
मेरा कदमहरुमा काडा छर्ने तत्वोहरु
जर्जर छन्
प्रतेक आसाहरुलाई तुहाउने
दुसासन हरु मौलायेका छन्,

मोती टिप्न हिडेको म,
ओक्टोपसमा बेरियेर फर्केको छु,
एउटै सारन्श बाँकी रहेछ
मेरो पर्खाइभित्र अब,
निरासा, अनिस्चितता अनी अन्धकारहरु।।

यो कुटिल संसार अनी
येस्का कुटिल सिकारीहरु,
मेरा सम्पुर्ण महलहरु
भताभुङ पार्न तम्सिरहेछन्,
समयको प्रतेक निमेश सगै ।।

Pradeep Gautam
(11/25/2010)

जुन एउटा सनतापभित्र

म यहाँ डढीरहेछु
लाग्छ
कतै जुनको सितल छाहरी
मेरो निम्ती सन्तापमै
बिलय हुने हो कि ।।



भावनाका उद्बेग छालहरुसगै
मेरा सारा निस्कपट
अभिलाषाहरु
एउटा अपरिचित गोरेटोसंगै
गुम्नाम् पो हुने हो कि ।।


हो
यी थकिसकेका मेरा कुराइहरु
बर पिपलको सिरसिर
बतासमा
एकनासले डुबुल्कि मार्न खोज्छन ।


मरुभुमिमा ओइलाईसकेको
एउटा पालुवा
केही थोपा पानीको आसमा
पर्खिरहेछ
गनिरहेछ प्रतेक पलाहरु उसले
घामका पूर्वपश्चिमहरुसगै ।।


यो जिन्दगी खै के जिन्दगी,
झिरमा उनेको एउटा माछाजस्तै
तड्पिरहेछन सारा
अकुलुसित् आकाँक्षाहरु
किनाराहरुलाइ छोड्दै बगेका
सारा नदीहरुजस्तै ।।


-प्रदीप गौतम
(07/23/2011)