Featured Post

4 Awesome Life Hacks & Creative Science Experiments

  4 Awesome Life Hacks & Creative Science Experiments Hello science and tech lovers, here are 4 Awesome Life Hacks & Creative Scienc...

Sunday, December 18, 2011

प्रेम, यौवन र नजन्मिएको म


                                                                                   - प्रदीप गौतम “अंकित”-
“Hi! I’m Shaurav, Good to see You.”
'Me, Juna! Good to see You too.'
“जुना …..नेपाली हो?”
'हो नि! अनि आफू पनि नेपाली हो?'
'ओ, हो। ल नेपाली-नेपाली परेछ नि! फेस हेरेर त छुट्ट्याउनै नसकिने भो ….. '
'त्यही त हेर न'
२ वर्षदेखि अमेरिकाको एउटा युनिभर्सिटीमा पढिराखेको २३ वर्षे सौरभले आफ्नो लाइब्रेरीमा नयाँ नेपाली साथी जुनालाई भेट्दा नेपालमै पुगेजस्तो अनुभव गर्‍यो। सौरभले कुरा अगाडि बढायो “अनि नेपालबाट कहिले आएको त?” “लास्ट सेमिस्टरमा आएको हो, मेरो अर्को युनिभर्सिटी अलि महँगो भएर यसमा ट्रान्स्फर गरेको” एकै वाक्यमा जुनाले प्रस्ट पारी । 
१९ बर्से जुना अध्ययनशील, सुन्दर, हाँसेर बोल्नुपर्ने, मिजासिली ‘बेच्लर्स इन बिज्नेस अड्मिनिस्ट्रेसन’ पढ्दै गरेकी केटी थिइ। सौरभ पनि सम्पन्न परिवारको एक्लो छोरो, आकर्षक पर्सानालिटी भएको जेहेन्दार विद्यार्थी थियो र अबको २ वर्षमा इन्जिनियर बन्ने क्रममा थियो। दुबैको पढाई शुरु भैसकेको थियो, नेपालीका नाममा त्यो कलेजमा सौरभ र जुना मात्रै थिए। विदेशी भूमि, एक्लो पट्ट्यारलाग्दो जिन्दगी, अनि एकोहोरो पढाइको दैनिकीबाट केही समय सुस्ताउन चाहन्थ्यो सौरभ। जुना पनि यो बिशाल शहरमा घरी-घरी एक्लो महसुस गर्थी अनि मनमनै समयरुपी पिजडाबाट छुटेर माछापुछ्रे र फेवातालमाथि पाराग्ल्याइडिङमा उन्मुक्त रम्न चाहन्थी, तर के गर्नु सोच्नु र वास्तविक हुनुमा निकै फरक थियो। जुना क्याम्पस नजिकै बस्थी भने सौरभ केही टाढा। सौरभसँग कार भएकोले जुनालाई बेला बेला बजार जान-आउन सहयोग गर्थ्यो, एकजना साथी अझ नेपाली भएको नाताले। जुना पनि एक्लो शहरमा सौरभको सहयोगलाई मनमनै धन्यवाद दिइरहेकी थियी। दुबैजना परिवारबाट टाढा, एउटै लक्ष्य ‘पढाइ’, महत्वाकान्क्षी स्वभाब, सेन्स अफ ह्युमर’ आदि मिल्दोजुल्दो बानी ब्यबाहारले एक अर्कामा अझ नजिक बनायो। खाली भएको समयमा दुबै जना नजिकैको पार्कमा जान्थे, धेरैबेर गफ गर्थे, जीवनका तिक्तता र अनुभबहरु बाड्थे, फर्किन्थे अनी पढ्न सुरु गर्थे। कहिले फिल्म हेर्न जान्थे, कहिले अबेरसम्म लाइब्रेरीमा पढेर बस्थे, कहिले सगै डिनर खान रेस्टुराँ जान्थे। दुबैजना एक किसिमको अनौठो न्यानोपना महशुस गर्न थालेका थिए, अझ सौरभ त दुई बर्षमै पहिलो पटक खुशी थियो त्यो शहरभित्र कारण उही थियो आफ्नो असल साथी जुनाको साथ।
समयले त्यो सेमिस्टरलाईपनि बिदा दिईसकेछ पत्तै नपाइ। सौरभ ईन्टरनेट सर्फ गरिरहेको थियो.. भाइब्रेसनमा राखेको मोबाइल फोनले टेक्स्टको आएको संकेत गर्‍यो, “सौरभ, एउटा गूड् न्युज छ नी आज, जस्ट गट अ मेल” “ओहो, कस्तो गुड न्युज हो सेयर गर न” सौरभले तुरुन्तै रिप्लाई गर्यो। “नाइ! इट्स सेक्रेट फर नावो, आइ विल टेल यू टुमोरो” जुनाले सौरभमा कौतुहल्ता जगाउन खोजी । सौरभले कुनै आकलन गर्न सकेन जुनाको ‘गूड् न्युजको’ टेक्स्ट बारे। सौरभ बेड त गयो तर अज्ञात बेचैनीले धेरै ढिलो निदायो। “सौरभ्, मैले स्कोलरशिप पाएँनी” रातभरको सौरभको कौतुहल्तालाई एकै बाक्यले मेट्न खोजी जुना। सौरभ आफ्नो खुशी ब्यक्त गर्न जुनालाई बेस्सरी उचाल्यो अनी २ पटक घुमायो। “यो त अतीनै खुशीको खबर हो नी जुना। ल बधाई छ।” उचालेको जुनाको कोमल शरीर बिस्तारै भुइमा राख्यो। अती उत्साहामा सौरभले जुनालाई एकैछिनसम्म लिदा दुबैले एकर्काको अनौठो बासना अनुभब गरे अनी केही समय लजाएर हेरे। सौरभको त्यो उन्मुक्ती क्षणभरमै बिलायो, एक थोपा कर्कलाको पानी तप्प माटोमा खसेर बिलय भए सरी किनकी जुनाले अर्कै ठाढाको युनिभर्सिटीमा स्कोलरशिप पाएकी रैछ जसका कारण उ त्यो ठाउँबाट सरेर जानुपर्ने भयो। जुना अब त्यो शहरमा मात्र केही दिनकी पाहुना भएर बस्ने भएकी थियि। सौरभ अवाक भयो, आफ्नो बर्सौपछी पाएको एउटा खुशी पनि केही महिनामा खोसियो। हुन त जुना सौरभको केवल राम्रो साथी मात्र थियी, तर मनमा भने जुनाको हसिलो मुहार धेरै गाढारुपमा गाढिसकेको थियो। जुना पनि आफ्नो एक्लो साथीबाट टाढा जानुपर्ने भएकोले केही दुखी त थियी तर आफ्नो पढाइमा पाएको स्कोलरशिपको कारण त्यति बेखुसी थियिन जति सौरभ अबको एक्लोपनालाई सम्झेर बिछिप्त थियो। सौरभले आफ्नै कारमा लगेजहरू राखिदियो अनी एअरपोर्ट पुर्याइदियो जुनालाइ। जम्मा चार महिना भएपनि चार बर्षको खुशी पाएको थियो सौरभले मानौ बिरानो देशमा मरुभुमीको एउटा फूलले एक थोपा पानीको आडमा तिर्खा मेट्ने अवसर पाएको छ। तर समयको चक्र थियो भेटिनु छुटिनु जीवनको रीत नै थियो। एअरपोर्टमा दुबैले अँगालो हाले अनी सौरभ आफ्ना जुनासंगका सुनौला दिनहरु र जुनाप्रतीको अगाध स्नेह आशु बनाइ छल्काइदियो, जुनापनि सौरभको सहयोग र आत्मियताले भावबिभोर भई। दुबैको दिन साह्रै खिन्नतामा बित्यो अनी तिनै केही महिनाका सुनौला पलहरु दुबैजानाका मानसपटलमा तछाडमछाड गर्दै आइरहे।
सौरभ र जुना दुबै टाढा भएको दिन देखिनै अझ नजिक हुन थाले। जुनालाई सौरभको माया निस्छल लाग्न थाल्यो भने सौरभ जुनाको हासोमा अड्किसकेको थियो। पढाइको फुर्सद हुने बित्तिकै फोनमा, टेक्स्टमा, भिडियोमा भेट भइहाल्थे अनी अगाध एवम निस्कपट माया दर्शाउथे। स्प्रिङ सेमेस्टेर बिताउन दुबैलाइ साह्रै नै गाह्रो भयो। आउँदै गरेको समर ब्रेकको लागि जुनाले सौरभलाई आफ्नो नयाँ ठाउँ घुम्न बोलाई। घण्टौ-घण्टा कुरा गरेर पनि नथाक्ने अजिबको ‘माया’ भन्ने चिजले दुबैलाइ पढाइमा केही बाधा भने पक्कै गरेको थियो तर दुबैले सेमेस्टर राम्रैसँग सकाए अनी आफूले चाहेको फूललाई भेट्न कुनै ढीलाई नगरी सौरभ एअरपोर्टतिर हानियो। दुनियाँ अमूक थियो सौरभ र जुनाको प्यार देखी। एकअर्कालाई देख्नेबित्तिकै एअरपोर्टमै बाधिएको न्यानो अँगालोहरू धेरैबेर सम्म फुक्न मानेनन्। दुबैले धेरै गफ गरे, मिठो खाना खाए,पहिलोपटक वाइन पिए, मात्तिए, मिलनको मिठो स्वाद चाखे, अङालोमा बाधिए, संसार बिर्सिए अनी मदहोस नयनका गहिराइमा यौबनका उन्मुक्त जोडी रङीन संसारमा लुट्पुटिए। निमेषभरमा नै बितेको एक हप्तापछी सौरभ गरुङ्गो मन लिएर आफ्नो गन्तब्यमा लाग्नुपर्ने भयो। जुना धेरै बेर सम्म सौरभको हात समातिरही अनी एक्नासले हेरिरही, एकपटक सौरभको गालामा म्वाइ खाइ अनी बिदाइको हात हल्ल्यइ भारी मनसित यस्तो लाग्थ्यो लासा जान हिंडेको मदनलाई मुनाले बिदा गरिरहेकी छ। दिनहरु बित्दै गए, ऊनीहरुको माया अझ झाङिदै गयो, पढाई पनि चल्दै गयो।
सौरभ नजिकै आउन लागेको मिड्टर्मको तयारी गर्दै थियो यत्तिकैमा मोबाइल बज्यो। अजङ्गको गुफाभित्र एक्लो यात्रीको एक्लो साहारा दीप निभेर चकमन्न अध्यारोमा मौन चित्कार गरेजस्तै जुना आफ्नो प्रेमी सौरभसँग आत्तिएर बोलिरहेकी थियी। “सौरभ हामीले ठुलो गल्ति गरेछौँ। मिलन, माया, प्रेम र यौवनको नशामा हामीले सबै संसार बिर्सिएछौँ” महिनावारी हुन रोकिएको असैह्य पिडा छताछुल्ल पोखी जुनाले। सौरभ अवाक भयो, आँखा तिर्मिर्याउन थाले, भित्तमा हाँसिरहेको मोनालिसाको तस्बिर महाभारतमा भीमकी राक्षस पत्नी हिडिम्बाको जस्तो लाग्न थाल्यो, वरिपरि अँध्यारो देख्यो, खल-खल पसिना आयो, मुहार एक्कासी कालो भयो, बोल्न सकेन तर सुनी रह्यो जुनाको रोदन। जीवन भनेको दु:ख र सुखको सँगम त हो तर यतिबेला आएको पीडा त्यो खुला नील आकाशमा एक्कासी मडारिएको कालो बादलरुपी बिस्मातले जीवनभर सताउने पक्का थियो। दुबैले आफ्नो परिवार सम्झे, भक्कानिए र भबिस्यमा आइपर्ने ठुला-ठुला बदनामका पहाड सम्झे अनी जुनाको पेटभित्र हुर्किरहेको बालक सम्झे, परिवार र समाजबाट कलन्कित हुने पुर्बनुमान गरे अनी आसुबनाएर रातभर बगाए। अब जुना र सौरभका चैनका दिन हराइसकेका थिए। केवल अनिद्रा, तनाब, छट्पटीले घाम र जुनका पूर्व पश्चिमहरु ढलिरहे अन्धकार अनी अशिम पिडाका सेकेण्ड, मिनेट र घण्टाहरु गन्ती गर्दै।
हो ऊनै जुना; अर्थात मेरी आमा अझ भनौ जसको पेटमा म दिन-दुगुना रात-चौगुना गर्दै हुर्किरहेको छु केवल त्यो सुन्दर दिनको पर्खाइमा। त्यही दिन जब म आमाको गर्भबाट च्याँ-च्याँ गर्दै धर्तीमा लुटुपुटु गर्नेछु, मेरी आमा मलाई काखमा राखेर चुम्बन गर्नेछिन अनी मेरा बाबा मलाइ देखेर बिछट्टै खुशी हुनेछन्….., मेरा खुट्टा छाम्नेछन अनी बिस्तारै मायालु स्पर्श गर्नेछन। सौरभ र जुना अर्थात मेरा प्यारा बाबा आमाले मलाइ हुर्क्याउने छन्, क-ख चिनाउने छन्, म स्कुल जादा टिफिन तयार गर्नेछन्, कलेज पढाउने छन्, मलाइ मेरै खुट्टामा उभ्याउने छन् अनी म पनि धेरै माया गर्नेछु, एड्गर एलान पोइ जस्तै राम्रो कबिता सुनाउने छु अनी मुहार हसाउने छु अथवा अल्बेर्ट आइन्स्टाइनले जस्तै बिज्ञानमा बिस्वक्रान्ति गर्नेछु अथवा मदर टेरेसाले जस्तै लाखौं अनाथलाई धेरै साहारा दिनेछु अनी मेरा बाबा आमाको सपना पूरा गर्नेछु। हो म यो अन्धकार गुफा भित्र छु, मैले बाहिरी संसार देख्न अझै पाँचमहिना जति बाँकी छ। तर बिडम्बना, मेरी आमा र मेरा बाबा खुशी छैनन किनकी म उनीहरुको मिलनको दिन वाइनले निम्ताएको रंगिन यौबनको परिणामको उपज थिएँ। मेरा आमा र बाबा सायदै मुस्काएका छन यी दिनहरुमा। उनीहरु खादैनन्, राती पनि कोल्टे फेर्दै अनिद्रामानै रात काट्छन् अनी पढाइपनि छिद्र-छिद्र पारिसकेका छन। म बल्ल भ्रुणबाट बच्चाको आकार लिदै छु। केही महिना भित्रै मेरो मुटु ढुकढुक गर्नेछ, मेरो कोकिल कण्ठबाट मिठो आवाज निस्किने छ, म मात्तिएर रुनेछु, मलाई फुल्याउन मेरी आमा मलाइ दुध पिलाउने छिन अनी म बाबाले दिएको गुडिया खेल्दै भुल्नेछु। मेरो शरीर को बृद्दीहुदै गर्दा मेरी आमाको पेट पनि बाहिरै देखिन थालेको छ, समाजको छड्के नजर पर्छकी भन्ने कुरामा साह्रै तनाब छ, मेरा बाबा र आमा मेरो अस्तित्वबारे अझसम्म कसैलाई भनेका छैनन उनीहरु फगत निरास देखीन्छन, एक अर्का लाई हेर्छन, रुन्छन अनी अँगालोको साहारा लिन्छन। हो! उनीहरुको पिडा म बुझ्छु, उनीहरु असल छन तर गलत समयमा आएको दुर्गती स्विकार्न गलेका छन्, मनभित्रै तिरस्क्रित भएका छन् तर म अबिछिन्न हुर्किदै छु उनीहरुको इच्छा बिपरीत।
समय अजीबको हुदो रहेछ। अस्तिसम्म ‘म’ मेरो सुन्दर भविस्यको कल्पनामा हराइरहेको थिए तर आज म अबका केही प्रहरहरुले ल्याउने ज्वारभाटाहरु गुनीरहेको छु। म अहिले हामी बसेभन्दा अर्कै स्टेट तर्फ हिड्दै छु, मेरा बाबा पनि साथमै छन, मेरी आमा मेरा बाबाको छातीमा हप्तौदेखीको अनिद्रा बिर्सिन खोजिरहेकी छिन्। हामी बादलमाथी छौं, अबको केही समयमा नै हामी गन्तब्यमा पुगिरहेका छौ। म यतिबेला मेरी आमाको पेटभित्र बर्बराइरहेको छु ….भयन्कर ज्वालामुखिमा जलिरहेको पत्थरझैं लाजवाफ छु। म निराश छु, थकित छु अनी मेरा सपनाहरु सबै पानीको फोका जस्तै फुटेका छन, हराएका छन्। धेरै बादबिबादपछी मेरा बाबा र आमा अत्यान्तै गम्भीर निर्णयमा पुगेका छन। मेरा बाबा र आमा हामी बसेको स्टेट्मा कानुनी नरहेको र जान गैरहेको स्टेटमा कानुनी रहेको “Abortion” अथवा ‘गर्भपतन’ गर्न गैरहेका छन् अथवा भनौ मेरो जीबित आत्मा निमोठिने छ र फेरि म कहिल्लै त्यो सुन्दर संसार चियाउन पाउने छैन।
हो, म बुझ्छु यो निर्णय नचाहाँदा नचाँहादै विवशतामा लिनुपरेको छ, तर ‘म’; अनी बन्दै गरेको म, अब फेरि ती सुन्दर सपनाहरु देखेको हुने छैन। अबको केही दिनमै म बसिराखेको ठाउमा बेहोस पार्ने सुइ दिईने छ, धारिला-धारिला फोर्सेप र सिजरहरुले पलाउदै गरेका मेरा हात्, खुट्टा अनी शरीर सबै टुक्रा-टुक्रा पारीने छन अनी भ्याकुमले तानिने छ। मरेका मेरा कोषहरुले पनि शायद मेरा बाबा आमाको मुहार देख्न पाउने छैनन। मेरा ‘एड्गर एलान पो’इ’, ‘अल्बर्ट आइन्स्टाइन’ अनी ‘मदर टेरेसा’ बनेर बाबा आमाको मुहार हंसिलो बनाउने सपना अब केवल सपना मात्रै हुनेछन, म फैसला भैसकेको मृत्‍युको बिस्मयकारी पलाहरुलाई अङाल्दै छट्पटिमा रोइरहेको छु। हुन त मेरो मृत्‍युको फैसला गर्ने मेरा बाबा आमालाई जीवनभर लाग्ने श्रापदिन सक्ने नैतिक र धार्मिक अधिकार मेरो छ तर असल स्वभाबका मेरा बाबा आमा अनी उनीहरुको यौबनको क्षणिक उन्मादले निम्त्याएको परिणाम अनि अविवाहित हुँदै जन्मेको ‘म’ मा लाग्न सक्ने कलन्कित उपमाको कारण म उनीहरुलाई श्रापदिन गइरहेको छैन। उनीहरु राम्रो पढुन्, राम्रो जागिर खाउन्, सधैं त्यस्तैगरी माया र स्नेह बाडुन अनी यस्तो गल्ति फेरि फेरि नगरुन। म जन्मिन नसके पनि मेरा बाबा आमाले अब जन्मिने भाइ अथवा बहिनीलाई मेरोजस्तै केही महिनाको जीवन नदिउन्, उनीहरुलाई बाँच्न दिउन्, धेरै माया गरुन्, पढाउन्, एलान पोइ, आइन्स्टाइन, मदर टेरेसा बनाउन् अनी मलाइ दिएको सजाएको प्रायस्चित नगरुन्। मेरा प्यारा आमा अनी बाबाको भाग्यमा मेरा परिपक्क हुँदै गरेका यी आँखाबाट तप्प खसेका आसुहरुले कहिल्लै नबिर्साउने दागहरु दिएर नजाउन् र मेरो अब्यक्त पीडाभित्र लुकेका आशुका झरीहरूले उनीहरुका आँखा कहिल्यै नभिजुन्।


प्रेम, यौवन र नजन्मिएको म


                                                                                   - प्रदीप गौतम “अंकित”-
“Hi! I’m Shaurav, Good to see You.”
'Me, Juna! Good to see You too.'
“जुना …..नेपाली हो?”
'हो नि! अनि आफू पनि नेपाली हो?'
'ओ, हो। ल नेपाली-नेपाली परेछ नि! फेस हेरेर त छुट्ट्याउनै नसकिने भो ….. '
'त्यही त हेर न'
२ वर्षदेखि अमेरिकाको एउटा युनिभर्सिटीमा पढिराखेको २३ वर्षे सौरभले आफ्नो लाइब्रेरीमा नयाँ नेपाली साथी जुनालाई भेट्दा नेपालमै पुगेजस्तो अनुभव गर्‍यो। सौरभले कुरा अगाडि बढायो “अनि नेपालबाट कहिले आएको त?” “लास्ट सेमिस्टरमा आएको हो, मेरो अर्को युनिभर्सिटी अलि महँगो भएर यसमा ट्रान्स्फर गरेको” एकै वाक्यमा जुनाले प्रस्ट पारी । 
१९ बर्से जुना अध्ययनशील, सुन्दर, हाँसेर बोल्नुपर्ने, मिजासिली ‘बेच्लर्स इन बिज्नेस अड्मिनिस्ट्रेसन’ पढ्दै गरेकी केटी थिइ। सौरभ पनि सम्पन्न परिवारको एक्लो छोरो, आकर्षक पर्सानालिटी भएको जेहेन्दार विद्यार्थी थियो र अबको २ वर्षमा इन्जिनियर बन्ने क्रममा थियो। दुबैको पढाई शुरु भैसकेको थियो, नेपालीका नाममा त्यो कलेजमा सौरभ र जुना मात्रै थिए। विदेशी भूमि, एक्लो पट्ट्यारलाग्दो जिन्दगी, अनि एकोहोरो पढाइको दैनिकीबाट केही समय सुस्ताउन चाहन्थ्यो सौरभ। जुना पनि यो बिशाल शहरमा घरी-घरी एक्लो महसुस गर्थी अनि मनमनै समयरुपी पिजडाबाट छुटेर माछापुछ्रे र फेवातालमाथि पाराग्ल्याइडिङमा उन्मुक्त रम्न चाहन्थी, तर के गर्नु सोच्नु र वास्तविक हुनुमा निकै फरक थियो। जुना क्याम्पस नजिकै बस्थी भने सौरभ केही टाढा। सौरभसँग कार भएकोले जुनालाई बेला बेला बजार जान-आउन सहयोग गर्थ्यो, एकजना साथी अझ नेपाली भएको नाताले। जुना पनि एक्लो शहरमा सौरभको सहयोगलाई मनमनै धन्यवाद दिइरहेकी थियी। दुबैजना परिवारबाट टाढा, एउटै लक्ष्य ‘पढाइ’, महत्वाकान्क्षी स्वभाब, सेन्स अफ ह्युमर’ आदि मिल्दोजुल्दो बानी ब्यबाहारले एक अर्कामा अझ नजिक बनायो। खाली भएको समयमा दुबै जना नजिकैको पार्कमा जान्थे, धेरैबेर गफ गर्थे, जीवनका तिक्तता र अनुभबहरु बाड्थे, फर्किन्थे अनी पढ्न सुरु गर्थे। कहिले फिल्म हेर्न जान्थे, कहिले अबेरसम्म लाइब्रेरीमा पढेर बस्थे, कहिले सगै डिनर खान रेस्टुराँ जान्थे। दुबैजना एक किसिमको अनौठो न्यानोपना महशुस गर्न थालेका थिए, अझ सौरभ त दुई बर्षमै पहिलो पटक खुशी थियो त्यो शहरभित्र कारण उही थियो आफ्नो असल साथी जुनाको साथ।

Monday, November 21, 2011

कथा: सुबोध, अप्सरा अनि अमेरिकी घर


"My boss has organized a party at the restaurant, so I will be little late ok?” यति भनेर अप्सराले टेक्स्ट पठाई आफ्नो लोग्ने सुबोधलाई । असहज अनुहार बोकेरै भएपनि "ओके" मात्रै लेखेर पठायो सुबोधले । आज शनिबार  सुबोधको छ दिने गोरु जोताइपछीको बिश्राम गर्ने दिन। एकै छिनमा एउटा कल आयो "सुबोध बेटा, एक बात सुनो, कल तुम जल्दी आना, ओ दुस्रा बन्दा बिमार होगया यिसिलिये", "ठिक है भाई साहेब" यति भन्दै सुबोधले फोन राख्यो। भारी मन लिएर सुबोध किचन तिर पस्यो। "अलिकति पैसा बच्यो भने त यो धोतीको ग्यास स्टेसन लात हानेर हिड्छु, आफ्नो त केही पनि चल्दैन यार। सधैं नोकर जस्तो भएर बस्नु पर्ने त्यो पनि ग्रीन कार्ड भएको मन्छे।" हल्का क्रोध मिश्रित बदलाको भावना लिएर फत्फताउदै बेडतिर फोन हुरर्‍याएर शान्त पार्न खोज्यो आफ्नो क्रोध । सुबोध! हो, त्यहि सुबोध जो  अमेरिकाको  डि.भि. भरेर  छ बर्ष अघि सपनाको देशमा सगरमाथा भन्दा अग्ला सपनाहरु बुनेर आएको थियो। गाऊमा सरकारी स्कुल पछि आर. आर. क्याम्पसमा स्नातक तिर हल्लिने क्रममा अमेरिकाको ग्रीन कार्ड पाउने शुभ समाचार सुन्दा सुबोध कम्ता खुशी थिएन। सच्चिकै भन्नुपर्दा सुबोध त्यहि नेपालमा बिताएका अन्तिम बर्षमा सबैभन्दा खुशी भएको थियो। अमेरिकामा आएपछि पनि उसले हल्का फुल्का डलर जोडेकै थियो, एउटा दश वर्ष पुरानो भएपनि जापानीज  होण्डा कारमा चढेको थियो, घरमा नेपालको जस्तो लोडसेडिङ थिएन, तातोपानी, ए. सी. , हिटर सबै चलेकै थियो, श्रीमतीको पनि साथ थियो तर एउटा कुराको साह्रै कमी थियो - मनभित्रको खुशी। सुबोध बिगत छ बर्ष देखि शायदै धित मारेर हाँसेको होस।

अमेरिका टेकेको पहिलो दिनमा एअरपोर्टबाट कोठामा जाने समयमा देखेका गगनचुम्बी भवनहरु, काठमाडौंको पुतलीसडकतिर साइबर बस्दा देखेका तस्बिरहरुभन्दा पनि आकर्षक रहरलाग्दा पुलहरु, फराकिलो बाटो, सफा शहर, चिल्ला गाडीहरु देख्दा  मनमनै खुबै भाग्यशाली ठानेको थियो सुबोधले आफुलाइ। यसैबिच सुबोधको मानसपटलमा काठमांडौका फोहोरका थुप्राहरु सम्झेर एकपटक नेताहरुलाईपनि धिक्कार्न भ्यायो। हुन पनि साच्चिकै अमेरिका त्यसै अमेरिका भएको थिएन।
तर सुबोधको त्यो खुशी एक हप्तामै निमिट्यान्न पर्‍यो जब उसले अमेरिकी कर्मभुमिमा आफ्नो कामको श्रीगणेश एउटा ईण्डियन रेस्टुराँबाट गर्‍यो। हुन त कामगर्दा कोहि ठुलो सानो भन्ने त हुदैन तैपनि उसलाई आर आर पढ्दा चियाको चुस्कीसगै राजनैतिक गफ चुटेर आफूलाई जानकार र बुद्धिमानी छु भन्दै पालेको आत्मरती ईण्डियनको भांडा उठाउदा पहिलो रातमै तातो पानीले जूठा भांडा पखालेजस्तै गरि पखालीदियो। अमेरिका आउँदा लागेको ऋण, बर्षेनी पानी चुहिने छानोको घर, आमाको त्यहि पुरानो पछ्यौरी, बाको दुईठाउंमा टालेको टोपी, भाई-बहिनिको पढाई सबै कुराले सुबोधलाई जस्तो सुकै काम गरेर भएपनि पैसा पठाउनु पार्ने बाध्यता थियो।

यस्तै गरेर सुबोधले दु:ख-सुख (हुन त उसको शब्दकोशबाट सुख भन्ने शब्द हराइसकेको थियो) ४ बर्ष बितायो। भाई-बहिनीलाई बोर्डिङ स्कुल पढायो, घरमा ढलान गर्‍यो, अलिकति पाखोबारीको पनि जोहो गर्‍यो तर आफूले शायदै कहिल्लै मस्ती गर्‍यो यो बिसाल शहरमा। जिन्दगी संघर्ष हो, दु:ख गरेपछी सुख गर्ने दिन पनि आउछ भन्ने राम्रै बुझेको थियो सुबोधले। काम पनि ३ बर्षको रेस्टुराँबाट मुस्किल ले ग्यास स्टेसनमा प्रमोशन भएको थियो यध्यपि  पैसा उही न्युनोतम ज्यालानै थियो। अरु धेरै सपना देख्न छोडिसकेको थियो सुबोधले किनकी नेपालमा पढाइ नसकिदै भिषा लागेकोले आफ्नो अधकल्चो पढाईको भबिष्य खासै छैन भन्ने लगिसकेको थियो। आफ्नो उमेर, आफन्तको करकाप अनि जवानीको रौनकतामाझ सुबोध दुई बर्ष अघि नेपाल हानियो बिहे गर्न। धेरै ठाउबाट राम्रा-राम्रा घरहरुबाट बिहेको प्रस्ताब आए सुबोधलाई बिशेषगरी उसको ग्रीनकार्ड देखेर। सुबोध अन्योलमा पर्‍यो किनकी जति पनि घरमा जान्थ्यो, केटीका बाबु आमाले अमेरिकाबाट आएको भनेर सत्कार गरेर छोरीसँग कुरा गराउन छोडिदिन्थे, जब केटी सित कुरा गर्थ्यो, प्राय सबैको एउटै जवाफ आउथ्यो। "बुवा-आमाको करले तपाइसँग कुरा मात्र गरेको हो, मेरो पहिल्लै लव परिसकेको छ अर्कैसित त्यसैले मेरो बारेमा केही दु:ख नगरी अन्तै कुरा चलाउदा हुन्छ" यस्तै-यस्तै। खिन्नतामा रुमलिरहदा सुबोधलाई उसका मामा पर्नेले अप्सरासित बिहेको कुरो चलाए। सुबोध खासै उत्साहित थिएन तैपनि एकपटक हेरौ न त भनेर कुरा गर्न सहमत भयो। अप्सरा, नाम सुन्दै सुबोधको मनबाट निराशाका बादलहरु बिस्तारै हट्न थालिसकेका थिए। धनी बाउकी कान्छी छोरी। अप्सरा; सलक्क जिउडाल, हसिली, एट्टिटुड भएकी, बेच्लर इन होटेल म्यानेज्मेन्ट सकेकी, शहरिया टांठी केटी थियी। अप्सरा आफ्नो भबिष्य सुन्दर बन्ने देखेर सुबोधलाई सहर्श स्वीकार गरी। अप्सरामा राम्रै खुबी देखेर सुबोधलेपनि आफ्नो अमेरिकी गोरुजोताइ कम हुने आशाहरु सङालेर धुमधामपुर्बक बिहे गरेको थियो।

हुन पनि अप्सरा लक्की अनि  स्मार्ट दुबै रहिछे। आएको १ महिनामै राम्रो होटेलमा ब्रान्च असिस्टेन्ट मेनेजरको जागिर पाई। पाँचदिन काम, अनि सुबोधको भन्दा धेरै कमाइ। सुबोध दु:ख बुझेको अनि मनको साह्रै असल मान्छे थियो भलै शारिरिकरुपले त्यति धेरै आकर्षक नभएको होस। समय सामान्यरुपमा अबिच्छिन्न चलिरहेको थियो। समय सगसगै अप्सरामा बिस्तारै आफ्नो क्षमतामा र कमाइमा घमण्ड पलाउन थाल्यो । नपलाओस पनि कसरी, सुबोध ५ बर्ष देखि त्यहि ईण्डियनको रेस्टुराँ र पेट्रोल पम्पभन्दा माथी उठ्न सकेको थिएन, उता अप्सरा १ महिनामै अफिसियल काम गर्ने र राम्रो कमाई गर्ने भैसकेकी थियी । अब बिस्तारै सुबोधको महत्व काम हुँदै गैरहेको थियो अप्सराको मनमा। सुबोधपनि घरी-घरी आफ्नो अप्सराप्रतीको निष्छल मायामा कतै पैसा तगरो बन्ने त हैन भन्ने अज्ञात भयलाई यत्तिकै तिलान्जली दिन सक्दैनथ्यो। "ह्या, मेरो सोचाइ पनि कति संक्रिण हो, बिचरी कति काम गरेर जेनतेन दुइजनाको राम्रै गुजरा चलिरहेको छ, पैसा बुढा-बुढी जसले कमाए पनि एउटै त हो नी! आखिर परिवारको न हो" यस्तै-यस्तै सोच्दै आँफैलाई ढाडस दिन्थ्यो र दैनिकीमा लाग्थ्यो।

सुबोधले बिस्तारै अप्सरामा साच्चिकै गम्भीर परिवर्तन आएको महसुस गर्न थल्यो। अप्सरा यी दिनहरुमा सुबोधलाई कम अनि अफिसको काममा बढी समय दिन थालीसकेकी थियी। सुबोधको सानो कुरामा पनि बिबाद सुरु गरिहाल्थी अप्सरा। सुबोधका राम्रै आग्रहहरुलाई पनि अप्सरा लाजवाफ ब्यवास्था गर्थी बरु आफ्नै जिद्दीले सुबोधलाई चुप गराउथी। अप्सरा बिगत केही हप्ताहरुदेखी अली धेरैनै परिवर्तन भएको भान हुन्थ्यो सुबोधलाइ। अप्सरा घर पनि धेरै ढिलो आउने अनि अरु बहाना बनाएर घरका कामहरु सबै सुबोधलाई अराउन थालेकी थीई,। सुबोध घरीघरी त मुर्मुरिन्थ्यो बिचरा तर परदेशमा आफ्नो नियती र भाग्यलाई धिक्कर्दै चुपचाप सहन्थ्यो। पछिल्लो रात धेरै ढिलो गरि अप्सरा घर आई, राता आँखा अनि  मादक मुहार लिएर। सुबोध मनमनै चिढियो तर केही बोलेन।

आज पनि ढिलो आउने सूचना पाइसकेको थियो टेक्स्ट मार्फत। "आज केही  सम्झाउनु पर्‍यो, आखिर मेरै बुढी त हो नी" मनमनै गुनगुनाउदै भान्सामा खाना बनाइ रहेको थियो सुबोध। धेरैबेरपछिको कुराईपछी अबेर रातमा अप्सरा आफ्नो बोसको गाडीमा लड्बडाउदै घर आइपुगी। मध्य रातमा आफ्नी श्रीमती रक्सीको नसासगै परपुरुशसित देखेर सुबोधको मनमा असुरक्षित चिसो पस्यो र सोध्ने आँट गर्यो। "हैन तिमी आजकाल धेरै परिवर्तन भएको छौ, राती पनि धेरै ढिलो आउछौ त्यो पनि रक्सीको नसामा, यो त अती भयो हेर, अब म सहन्न, तिमीलाई लाज लाग्दैन आफ्नो मति बिगारेर यसरी हिड्न?" महिनौदेखी सँगालेको रिस छताछुल्ल पोख्यो सुबोधले। "तिमी बढी नकराउ, लोग्ने मान्छे भएर त्यहि धोतीकोमा ट्वाइलेट सफागर्न बाहेक तिमीले अरु के प्रगती गरेका छौ र मैले मस्ती गरेकोमा डाहा गर्छौ? जमना बदलियो बाबु, यस्तो सोझो भएर अब काम चल्दैन, हेर मेरो बोस कस्तो ह्यान्ड्शम अनि स्मार्ट छ। तिमी त नमर्द हौ, यो देश् तिमीजस्तालाई हैन, म जस्तालाई हो बुझ्येउ। घण्टाको ७ डलरबाट सुरु गरेको अझै ७ मै छौ। तिमी मेरो लागि एक कायर र नालयक पुरुष हौ"।

सोझो सुबोधलाई आफूले कलपनै नगरेका कुराहरु आफ्नी अर्धङिनीले बारुद र बम जस्तै गरी बिस्पोट गराईरहदा आफ्नो निस्कपट ममताको एफील टावर क्षणभरमै टाउकोमा बज्रे जस्तै भान भयो सुबोधलाई। सुबोधको रीसको पारो यति माथी पुग्यो की अब उसलाई कसैले रोक्न नसक्ने भयो। मध्य रातमा सुबोध र अप्सराको ठुलो बिबाद, अपशब्द, घम्साघम्सी जारी रहिरह्यो। एकैछिन पछि छिमेकीको फोनकलले सिटी प्रहरी सुबोधको घरमा साइरन बजाउदै झुल्कियो। अप्सरा सुबोधलाई अब कुनै हालतमा पनि जीवनसाथी स्वीकार्न तयार थियिन भने सुबोध घरयसी इस्सु हो भन्दै प्रहरीलाई फर्किन आग्रह गरिरहेको थियो। अप्सराको जीवनमा सुबोध अन्जानमै काढा बन्न गयो। सुबोध ‘होम भायोले’न्स र ‘वोमन डिस्क्रिमिनसनको आरोपमा जेल पर्ने भयो। सुबोधका निर्दोस आंसुहरुभित्र अप्सराले अपत्यारिलो चैनको श्वास फेरिरहेकी थियी। नाटकिय घटनाले गर्दा सुबोध केही महिना जेल बस्नुपर्ने भयो। अन्तत: सुबोध जेलबाट छुट्यो र सुन्नियेको मुख लियर सरासर घर आयो। आफ्नै जीबनसाथीबाट पाएको विश्वाशघातको ठुलो घाऊ रास्ट्रप्रेमरुपी माटोको मल्हमले टाल्ने द्रिढ निस्चय गर्यो। ६ बर्ष अघि नेपालबाट लिएर आएको लगेजमा एकसरो कपडा राखेर, काम गर्ने साहुकोबाट लिनबाँकी रहेको पैसा लिएर एअरपोर्टतिर हानियो अब फेरि कहिलै नफर्किने गरी। जीवनसाथीबाट धोका, असैह्य पिडा र कस्टदायी कामले अमेरिकाको मोह सकीसकेको थियो सुबोधलाई। यता अप्सरा भने बढार्नुपर्ने कसिङर हावाले लगीदिएकोमा गमक्क थिइ। सुबोध जेल गएदेखिनै अप्सराको बोस सुबोधको घरमा बाक्लै देखिन थालेको थियो। अप्सरा आफूलाई गोरे अंमेरिकी बोसले यतिधेरै माया गरेकोमा 'स्मार्ट' साम्झिन्थी । अब अप्सराको मनमा सुबोध एउटा मायालाग्दो पती हैन दयालग्दो पात्रझै भएको थियो ।

समय सधैं एकैनासको कहाँ हुन्थ्यो र?  केही महिना पछि अप्सराको बोसको ट्रान्सफर धेरै टाढाको स्टेटमा भयो अनि आर्थिक मन्दीको कारण देखाएर अप्सरालाई कामबाट बिदा दिइयो। बल्ल अप्सराका मनमा उदबेगको आधीहुरी चल्न थाल्यो अनि सुबोधको सम्झनाले तड्पाउन थाल्यो। अप्सरालाई जीवनदेखी बिरक्त लागेर आयो अनि आफूले आफ्नो लोग्नेप्रति गरेको अक्षम्य पापको प्रायस्चित गर्न टाउको ठोक्क्याउदै बेहोसिमा लट्पटिरही रातभर। अब सायद धेरै ढिलो भैसकेको थियो, अप्सराका कुनै पनि आसुहरुसामु सुबोधको निस्कपट र निस्छल मायाहरुले कदापी माफीदिने थिएनन्। सुबोध आफ्नै गाऊको बगैचामा मुक्तिको श्वास फेर्दै स्‍मृतीमा हराइरहेको थियो भने यता उसको अतितको अमेरिकी घरमा सन्नटा थियो।

कसैले चाल पाएन अप्सरा फेरि बिटुलो जवानी लिएर  जीवनको कुन गोरेटोमा अनि कुन घुम्तिमा गएर कता बिलय भई। सुबोधको अथक मेहनतले जोडीएको अमेरिकी घरमा सदाका लागि ताला लागेको खबर आयो ।

(Mysansar.com  मा प्रकाशित। हेर्न यहाँ क्लिक गर्नु होला) http://www.mysansar.com/archives/2011/12/id/23297

(DCNEPAL मा प्रकाशित। हेर्न यहाँ क्लिक गर्नु होला, http://www.mydcnepal.com/poem.php?nid=4412)
-Pradeep Gautam
(11/16/2011)

कथा: सुबोध, अप्सरा अनि अमेरिकी घर


"My boss has organized a party at the restaurant, so I will be little late ok?” यति भनेर अप्सराले टेक्स्ट पठाई आफ्नो लोग्ने सुबोधलाई । असहज अनुहार बोकेरै भएपनि "ओके" मात्रै लेखेर पठायो सुबोधले । आज शनिबार  सुबोधको छ दिने गोरु जोताइपछीको बिश्राम गर्ने दिन। एकै छिनमा एउटा कल आयो "सुबोध बेटा, एक बात सुनो, कल तुम जल्दी आना, ओ दुस्रा बन्दा बिमार होगया यिसिलिये", "ठिक है भाई साहेब" यति भन्दै सुबोधले फोन राख्यो। भारी मन लिएर सुबोध किचन तिर पस्यो। "अलिकति पैसा बच्यो भने त यो धोतीको ग्यास स्टेसन लात हानेर हिड्छु, आफ्नो त केही पनि चल्दैन यार। सधैं नोकर जस्तो भएर बस्नु पर्ने त्यो पनि ग्रीन कार्ड भएको मन्छे।" हल्का क्रोध मिश्रित बदलाको भावना लिएर फत्फताउदै बेडतिर फोन हुरर्‍याएर शान्त पार्न खोज्यो आफ्नो क्रोध । सुबोध! हो, त्यहि सुबोध जो  अमेरिकाको  डि.भि. भरेर  छ बर्ष अघि सपनाको देशमा सगरमाथा भन्दा अग्ला सपनाहरु बुनेर आएको थियो। गाऊमा सरकारी स्कुल पछि आर. आर. क्याम्पसमा स्नातक तिर हल्लिने क्रममा अमेरिकाको ग्रीन कार्ड पाउने शुभ समाचार सुन्दा सुबोध कम्ता खुशी थिएन। सच्चिकै भन्नुपर्दा सुबोध त्यहि नेपालमा बिताएका अन्तिम बर्षमा सबैभन्दा खुशी भएको थियो। अमेरिकामा आएपछि पनि उसले हल्का फुल्का डलर जोडेकै थियो, एउटा दश वर्ष पुरानो भएपनि जापानीज  होण्डा कारमा चढेको थियो, घरमा नेपालको जस्तो लोडसेडिङ थिएन, तातोपानी, ए. सी. , हिटर सबै चलेकै थियो, श्रीमतीको पनि साथ थियो तर एउटा कुराको साह्रै कमी थियो - मनभित्रको खुशी। सुबोध बिगत छ बर्ष देखि शायदै धित मारेर हाँसेको होस।

अमेरिका टेकेको पहिलो दिनमा एअरपोर्टबाट कोठामा जाने समयमा देखेका गगनचुम्बी भवनहरु, काठमाडौंको पुतलीसडकतिर साइबर बस्दा देखेका तस्बिरहरुभन्दा पनि आकर्षक रहरलाग्दा पुलहरु, फराकिलो बाटो, सफा शहर, चिल्ला गाडीहरु देख्दा  मनमनै खुबै भाग्यशाली ठानेको थियो सुबोधले आफुलाइ। यसैबिच सुबोधको मानसपटलमा काठमांडौका फोहोरका थुप्राहरु सम्झेर एकपटक नेताहरुलाईपनि धिक्कार्न भ्यायो। हुन पनि साच्चिकै अमेरिका त्यसै अमेरिका भएको थिएन।
तर सुबोधको त्यो खुशी एक हप्तामै निमिट्यान्न पर्‍यो जब उसले अमेरिकी कर्मभुमिमा आफ्नो कामको श्रीगणेश एउटा ईण्डियन रेस्टुराँबाट गर्‍यो। हुन त कामगर्दा कोहि ठुलो सानो भन्ने त हुदैन तैपनि उसलाई आर आर पढ्दा चियाको चुस्कीसगै राजनैतिक गफ चुटेर आफूलाई जानकार र बुद्धिमानी छु भन्दै पालेको आत्मरती ईण्डियनको भांडा उठाउदा पहिलो रातमै तातो पानीले जूठा भांडा पखालेजस्तै गरि पखालीदियो। अमेरिका आउँदा लागेको ऋण, बर्षेनी पानी चुहिने छानोको घर, आमाको त्यहि पुरानो पछ्यौरी, बाको दुईठाउंमा टालेको टोपी, भाई-बहिनिको पढाई सबै कुराले सुबोधलाई जस्तो सुकै काम गरेर भएपनि पैसा पठाउनु पार्ने बाध्यता थियो।

Saturday, September 24, 2011

उराठ उराठ काठमाडौं

-Pradeep Gautam,

नगरकोट बाट फिस्स हासेको घामसगै
बिऊतिन्छ यो काठमाडौं ।
यो काठमाडौं, 
रोग भोक शोकले ग्रसित छ ।
बिहानै मन्दिरका घण्टीहरुले बिउझाउथे पहिले,
टोल टोल का ढुङ्गाहरु पनि पुजिन्थे पहिले,
तर आज,
फोहोरहरुले ढाकिएका छन
ईतिहासका धरोहरहरु ।
माईक्रो, टेम्पो र अनी सुजुकिहरुले 
थोत्रो बनैएका छन सडकहरु  ।
यो काठमाडौं,
देख्दै उराठ लाग्छ अचेल ।
यस्ले धेरै बोलिहरु सुनेको छ,
धेरै अश्वासन हरु सुनेको छ ,
तर उ आज उदास छ, मलिन छ,
किनकी,
यहाँ बोल्नेहरु मात्रै आए
बनाउने हरु कृष्णभिर कट्न सकेनन वा
निरस मुस्कानसगै बिदेस पलायन भैसके ।
यहाँ सपाङगहरु माग्न बसेका छन
अपाङ्ग को नाटक गरेर ।
भ्रस्ट हरु मौलएका छन
होली खेलिरहेका छन उन्माद्सगै 
जनताका पसिनाहरुमा  ।।
यहाँ कती हर्के माइला साइलाहरु
कतार अनी कुबेतका खाडीमा डढिरहेका छन,
परिवारको एकसरो कपडा फेर्न ।।
तर,
चोर,फटाहा अनी गुण्डा नाइकेहरु 
नेता नामको पगरी गुथेर
तिनै भोका नङ्गा लाई अझै लुछिरहेका छन ।
बिचरा यो काठमाडौं....
बस.....!
हेर्छ टुलुटुलु,
परदेशमा धन कमाउन गएको छोराको आसमा
बुढी आमा आगनिबाट
आँखा बिच्छ्याय जस्तै गरी ।।
काठमाडौं,
धेरै सन्तान देख्यो यसले ।
सबैले कुल्चेरै हिंडे अनी,
चाखे, जिब्रो सल्बल्याय अनी पिच्च थुके..

जस्ले यसलाई माया गर्न खोज्यो
ऊ दास्ढुङामा मिल्कियो ।
फक्रनै नपाई निमिट्यान्न पर्‍यो ।।
बस् ,
यो काठमाडौं
ईतिहासका पानाहरु भर्ने बेगर 
केही गर्न सकेन...
तछड्माछाडको उदेकलाग्दो जिन्दगी देखी
थकिसक्यो,
ऊ अब फगत,
एउटा शान्ति चाहन्छ
अनी,
सुस्ताउन चाहन्छ, हराउन चाहन्छ
फेरी कहिल्लेई नबर्बराउने गरी ।।

उराठ उराठ काठमाडौं

-Pradeep Gautam,

नगरकोट बाट फिस्स हासेको घामसगै
बिऊतिन्छ यो काठमाडौं ।
यो काठमाडौं, 
रोग भोक शोकले ग्रसित छ ।
बिहानै मन्दिरका घण्टीहरुले बिउझाउथे पहिले,
टोल टोल का ढुङ्गाहरु पनि पुजिन्थे पहिले,
तर आज,
फोहोरहरुले ढाकिएका छन
ईतिहासका धरोहरहरु ।
माईक्रो, टेम्पो र अनी सुजुकिहरुले 
थोत्रो बनैएका छन सडकहरु  ।
यो काठमाडौं,
देख्दै उराठ लाग्छ अचेल ।
यस्ले धेरै बोलिहरु सुनेको छ,
धेरै अश्वासन हरु सुनेको छ ,
तर उ आज उदास छ, मलिन छ,
किनकी,
यहाँ बोल्नेहरु मात्रै आए
बनाउने हरु कृष्णभिर कट्न सकेनन वा
निरस मुस्कानसगै बिदेस पलायन भैसके ।
यहाँ सपाङगहरु माग्न बसेका छन
अपाङ्ग को नाटक गरेर ।
भ्रस्ट हरु मौलएका छन
होली खेलिरहेका छन उन्माद्सगै 
जनताका पसिनाहरुमा  ।।
यहाँ कती हर्के माइला साइलाहरु
कतार अनी कुबेतका खाडीमा डढिरहेका छन,
परिवारको एकसरो कपडा फेर्न ।।
तर,
चोर,फटाहा अनी गुण्डा नाइकेहरु 
नेता नामको पगरी गुथेर
तिनै भोका नङ्गा लाई अझै लुछिरहेका छन ।
बिचरा यो काठमाडौं....
बस.....!
हेर्छ टुलुटुलु,
परदेशमा धन कमाउन गएको छोराको आसमा
बुढी आमा आगनिबाट
आँखा बिच्छ्याय जस्तै गरी ।।
काठमाडौं,
धेरै सन्तान देख्यो यसले ।
सबैले कुल्चेरै हिंडे अनी,
चाखे, जिब्रो सल्बल्याय अनी पिच्च थुके..

जस्ले यसलाई माया गर्न खोज्यो
ऊ दास्ढुङामा मिल्कियो ।
फक्रनै नपाई निमिट्यान्न पर्‍यो ।।
बस् ,
यो काठमाडौं
ईतिहासका पानाहरु भर्ने बेगर 
केही गर्न सकेन...
तछड्माछाडको उदेकलाग्दो जिन्दगी देखी
थकिसक्यो,
ऊ अब फगत,
एउटा शान्ति चाहन्छ
अनी,
सुस्ताउन चाहन्छ, हराउन चाहन्छ
फेरी कहिल्लेई नबर्बराउने गरी ।।

Friday, July 29, 2011

Time: You Are My Pedagogue

Dear Time,

You are so great'
I can not stop without
Praising your nobleness,
I venerate your grandeur.

Time,
Its not just because,
You are running with unstoppable pace
Its not just because,
You are powerful,
Its because, You are my pedagogue,
And I am your pupillage.

You have taught me
many lessons of the life,
so that,
I can walk without fear of
overhanging obstacles.
You have given me
Such a luminous light
So that,
I can see the glimpse of beauty,
You have given me
Such a tenacity, so that
I can cross the rivers of sorrow.
You have given me
Such a wings of felicity, so that
I can fly over the sea of grief.

Time,
You are really great'
Because of You,
I do not need to live
Being analphabetism,
Because of You ,
I do not need to live
Under the shed of fragility.

Time,
You are simply a nifty,
I will be learning
With you in every seconds of my life.
you will be following me
and I will be following you
in every stanza of my life.

In my screams, smiles, tears and faith,
My heartbeat, eyes and each of my breathe,
You will be there with me
In each of my steps.

Dear Time,
At last, I would say this,
Without your kindness,
I shall never be me!
Without your wish,
My cherished world
Would never be glorious like this.

-Pradeep Gautam (12/23/2010)

Time: You Are My Pedagogue

Dear Time,

You are so great'
I can not stop without
Praising your nobleness,
I venerate your grandeur.

Time,
Its not just because,
You are running with unstoppable pace
Its not just because,
You are powerful,
Its because, You are my pedagogue,
And I am your pupillage.

You have taught me
many lessons of the life,
so that,
I can walk without fear of
overhanging obstacles.
You have given me
Such a luminous light
So that,
I can see the glimpse of beauty,
You have given me
Such a tenacity, so that
I can cross the rivers of sorrow.
You have given me
Such a wings of felicity, so that
I can fly over the sea of grief.

Time,
You are really great'
Because of You,
I do not need to live
Being analphabetism,
Because of You ,
I do not need to live
Under the shed of fragility.

Time,
You are simply a nifty,
I will be learning
With you in every seconds of my life.
you will be following me
and I will be following you
in every stanza of my life.

In my screams, smiles, tears and faith,
My heartbeat, eyes and each of my breathe,
You will be there with me
In each of my steps.

Dear Time,
At last, I would say this,
Without your kindness,
I shall never be me!
Without your wish,
My cherished world
Would never be glorious like this.

-Pradeep Gautam (12/23/2010)

Wednesday, July 27, 2011

आगोका फेवाहरु

हे
काल्पनिक अपरिचिता

भो भैगो भो
मैले पुरा गर्न नसकेका बाचाहरु
अब
धमिराहरुले पुरा गर्नेछन,
किनकी
धमिरहरुको रासमा
लट्पटिएको छु,
धेरै आश्वासनहरुका
थुप्राहरुबाट
खुला आकाशमा म
शायदै आउनेछु ।।


तिमीले बोलाउने छौ शायद,
जिन्दगीका कुनै हरफहरुमा
र मलाई कोट्ट्याऊने छौ
अनी सोध्नेछौ
प्रिय
कहाँ गए तिम्रा बाचाहरु
कहाँ गए ति कोकिल कन्ठहरु
अनी कहाँ गए ति
संसार भुलाउने मुस्कानहरु ।।
अनी म,
अनायसै हराउने छु
पस्चातापको बिस्मएकारी
कोइलाहरुमा बिलिन हुनेछु।।

हो,
जब जब मैले
सफलताको सगरमाथा चढ्न खोजे,
तब तब
पापी हिमपहिरोहरुको भङारमा छोपिन पुगे,
जब जब मैले
आगोका फेवाहरु
पानीको डुंगामा तर्न खोजे,
तब तब मैले
पानीहरु जलेको पाए ।
अब फेरी म मा
हिमपहिरोहरुलाई चिर्ने दम्भ छैन
अब फेरी म मा
आगोका फेवाहरु तर्ने अतिरन्जना छैन।
म केवल एउटा परिधीभित्र सिमित छु,
मेरा सारा बिगत,
आश्वासनरुपी धमिराहरुका सिरानीहरुमा
गुज्रिरहेकाछन
प्रतेक काला जुनहरुसगै ।।


-प्रदीप गौतम

आगोका फेवाहरु

हे
काल्पनिक अपरिचिता

भो भैगो भो
मैले पुरा गर्न नसकेका बाचाहरु
अब
धमिराहरुले पुरा गर्नेछन,
किनकी
धमिरहरुको रासमा
लट्पटिएको छु,
धेरै आश्वासनहरुका
थुप्राहरुबाट
खुला आकाशमा म
शायदै आउनेछु ।।


तिमीले बोलाउने छौ शायद,
जिन्दगीका कुनै हरफहरुमा
र मलाई कोट्ट्याऊने छौ
अनी सोध्नेछौ
प्रिय
कहाँ गए तिम्रा बाचाहरु
कहाँ गए ति कोकिल कन्ठहरु
अनी कहाँ गए ति
संसार भुलाउने मुस्कानहरु ।।
अनी म,
अनायसै हराउने छु
पस्चातापको बिस्मएकारी
कोइलाहरुमा बिलिन हुनेछु।।

हो,
जब जब मैले
सफलताको सगरमाथा चढ्न खोजे,
तब तब
पापी हिमपहिरोहरुको भङारमा छोपिन पुगे,
जब जब मैले
आगोका फेवाहरु
पानीको डुंगामा तर्न खोजे,
तब तब मैले
पानीहरु जलेको पाए ।
अब फेरी म मा
हिमपहिरोहरुलाई चिर्ने दम्भ छैन
अब फेरी म मा
आगोका फेवाहरु तर्ने अतिरन्जना छैन।
म केवल एउटा परिधीभित्र सिमित छु,
मेरा सारा बिगत,
आश्वासनरुपी धमिराहरुका सिरानीहरुमा
गुज्रिरहेकाछन
प्रतेक काला जुनहरुसगै ।।


-प्रदीप गौतम

Saturday, July 23, 2011

पुरानो डुङामाथी अपरिचित म

जिन्दगीको दोसाँध अनी
फेवातालको पुरानो डुङा
दुबै पर्खिरहेछन
एउटै गन्तब्य
एउटै किनारा
एउटै व्रित्तभित्र ।
एउटा निर्जिब डुंगा
एउटा पुरानो डुंगा
बिसाल तालको बिचतिर
मेरो खल्ली उडाइरहेको छ।
म सजिब मान्छेको धज्जी उडाइरहेको छ
एउटा पुरानो दुङा जसमा,
धमिराहरु लागेका छन्
हरियो लेउ साथी भएको छ पिँधतिर,
बर्सौ बर्ष हावाहुरी खेपेको छ
आंधी बेहेरी सहेको छ
एउटा बिरक्त जिन्दगीको नमुनाको
उपमा भएको छ यो पुरानो दुङा।

उ एउटा देश हो।
एउटा थोत्रो देश शायद नेपाल जस्तै ।
थोत्रो हैन थोत्रो बनाइयेको
जसरी माझीको एउटै गल्तीले
पुरै कायापलट हुनसक्छ एउटा डुंगा
धेरै धेरै भासण गर्ने नेताहरु
सधैं देशको दासत्तो चाहे।
आफु धेरै लुटे जनता भोकै सुते।
हो
म जस्तै
मर्मत बिनाको एउटा पुरानो दुङाजस्तै
हो यो देश्।
प्रभु मलाई बनाउ पहीले
अन्यथा
अन्त्तत: म त डुब्छु नै भोली
तिमी अनी
तिम्रा धेरै मान्छेपनी डुब्नेछन
अनी तिम्रा ती मोटा मोटा खल्ती पनि डुब्नेछन l

गिज्याइरहेको छ एउटा पुरानो डुंगा मलाई
धन्य म एउटा शिक्षित सबल नागरिक रे
धेरै पढेको विद्वान नागरिक रे।
एउटा गरीब देशको धनी नागरिक रे।
तर जहाँ बसेर म मेरो गर्ब गरिरहेको छु
मैले त्यहा धमिराहरु पठायेको छु।
मलाई थाहा छ फेवातालको बिच्मा
मैले पठायेका धमिराहरुको कारण
म पनि डुब्नेछु
अनी धेरै सजिबहरुपनी डुब्नेछन,
मलाई डुबाउने मेरा धमिराहरुलाई सलाम
किनकी मैले फेरी अर्को सुर्योदय देख्ने छैन
अर्का अर्कै रङ्का धमिराहरुलाई
फेरिपनी पठाउने कुचेस्टा गर्नुपर्ने छैन।
मजस्ता अरुलाई फेरी आसुँ झर्नुपर्ने छैन ।।


Pradeep Gautam

(08/22/2010)

पुरानो डुङामाथी अपरिचित म

जिन्दगीको दोसाँध अनी
फेवातालको पुरानो डुङा
दुबै पर्खिरहेछन
एउटै गन्तब्य
एउटै किनारा
एउटै व्रित्तभित्र ।
एउटा निर्जिब डुंगा
एउटा पुरानो डुंगा
बिसाल तालको बिचतिर
मेरो खल्ली उडाइरहेको छ।
म सजिब मान्छेको धज्जी उडाइरहेको छ
एउटा पुरानो दुङा जसमा,
धमिराहरु लागेका छन्
हरियो लेउ साथी भएको छ पिँधतिर,
बर्सौ बर्ष हावाहुरी खेपेको छ
आंधी बेहेरी सहेको छ
एउटा बिरक्त जिन्दगीको नमुनाको
उपमा भएको छ यो पुरानो दुङा।

उ एउटा देश हो।
एउटा थोत्रो देश शायद नेपाल जस्तै ।
थोत्रो हैन थोत्रो बनाइयेको
जसरी माझीको एउटै गल्तीले
पुरै कायापलट हुनसक्छ एउटा डुंगा
धेरै धेरै भासण गर्ने नेताहरु
सधैं देशको दासत्तो चाहे।
आफु धेरै लुटे जनता भोकै सुते।
हो
म जस्तै
मर्मत बिनाको एउटा पुरानो दुङाजस्तै
हो यो देश्।
प्रभु मलाई बनाउ पहीले
अन्यथा
अन्त्तत: म त डुब्छु नै भोली
तिमी अनी
तिम्रा धेरै मान्छेपनी डुब्नेछन
अनी तिम्रा ती मोटा मोटा खल्ती पनि डुब्नेछन l

गिज्याइरहेको छ एउटा पुरानो डुंगा मलाई
धन्य म एउटा शिक्षित सबल नागरिक रे
धेरै पढेको विद्वान नागरिक रे।
एउटा गरीब देशको धनी नागरिक रे।
तर जहाँ बसेर म मेरो गर्ब गरिरहेको छु
मैले त्यहा धमिराहरु पठायेको छु।
मलाई थाहा छ फेवातालको बिच्मा
मैले पठायेका धमिराहरुको कारण
म पनि डुब्नेछु
अनी धेरै सजिबहरुपनी डुब्नेछन,
मलाई डुबाउने मेरा धमिराहरुलाई सलाम
किनकी मैले फेरी अर्को सुर्योदय देख्ने छैन
अर्का अर्कै रङ्का धमिराहरुलाई
फेरिपनी पठाउने कुचेस्टा गर्नुपर्ने छैन।
मजस्ता अरुलाई फेरी आसुँ झर्नुपर्ने छैन ।।


Pradeep Gautam

(08/22/2010)

जिन्दगीको परिच्छेद भित्र

तिमी जुनसंगै उदाउछौ
अनी सुर्यास्त संगै लुक्छौ,
तिमीमा जुन लुकेको छ,
एउटा निर्जिब क्षितिज माथिबाट
चिहाइरहेको छु ।
चिहाइरहेको छु त्यो उपत्यका म,
जहाँ हुरी हावा, पानी, तुसारो अनी तुवालोहरु
तछाड्मछाड गरिरहेछन
प्रकृतिको चक्रमा अर्को
चक्र मिलाउन।
म तेही 'तिमी' लाई कुरिरहेको छु,
घडीको प्रत्येक टक टक आवाजहरुसंगै।


एउटा फुल हु।
त्यो फुल जसमा सुगन्ध छैन,
अनि सजिबता छैन ।
म एउटा फुस्रो कागज हु।
त्यसैले त मलाई सुगन्धको अर्थ थाहा छैन।
र त म 'तिमी' लाई कुरिरहेको छु,

धेरै नदीहरुले मलाइ पथ्थर भन्छन्,
हो म पथ्थर पनि हु,
उल्टो बगिरहेको समयको नदीलाई
रोक्ने दुस्साहस गर्ने
बिल्कुल म एक पथ्थर पनि हु।
तेसैले त म तिमीलाई कुरिरहेछु,

अपरिचित अन्धकारहरुमा
आफैभित्र हरायको
एउटा सुन्सान बस्तिभित्र
ठिङ उभिइरहेको बुख्याचा जस्तै
चाल बिहिन र सक्तिहिन
निरर्थक निरासा हु,
तेसैले त तिमीलाई कुरिरहेको छु ।

हो म त्यहि 'तिमि' को पर्खाइमा छु,
तिमी अर्थात मेरा आसाका त्यान्द्राहरु'
तुसारो तुवालोलाई चिर्ने सुर्यका प्रकासहरु,
तिमी अर्थात फुलका सुगन्धहरु,
तिमी अर्थात कपास जस्तै नरमताहरु
तिमी अर्थात अध्यारोलाई चिर्ने दिपहरु,
एउटा सुनौलो यात्राका कामनाहरु संगै,
कुरिरहेछु म,
जिन्दगीको एउटा परिच्छेद भित्र।

-Pradeep Gautam

(11/14/2010)

जिन्दगीको परिच्छेद भित्र

तिमी जुनसंगै उदाउछौ
अनी सुर्यास्त संगै लुक्छौ,
तिमीमा जुन लुकेको छ,
एउटा निर्जिब क्षितिज माथिबाट
चिहाइरहेको छु ।
चिहाइरहेको छु त्यो उपत्यका म,
जहाँ हुरी हावा, पानी, तुसारो अनी तुवालोहरु
तछाड्मछाड गरिरहेछन
प्रकृतिको चक्रमा अर्को
चक्र मिलाउन।
म तेही 'तिमी' लाई कुरिरहेको छु,
घडीको प्रत्येक टक टक आवाजहरुसंगै।


एउटा फुल हु।
त्यो फुल जसमा सुगन्ध छैन,
अनि सजिबता छैन ।
म एउटा फुस्रो कागज हु।
त्यसैले त मलाई सुगन्धको अर्थ थाहा छैन।
र त म 'तिमी' लाई कुरिरहेको छु,

धेरै नदीहरुले मलाइ पथ्थर भन्छन्,
हो म पथ्थर पनि हु,
उल्टो बगिरहेको समयको नदीलाई
रोक्ने दुस्साहस गर्ने
बिल्कुल म एक पथ्थर पनि हु।
तेसैले त म तिमीलाई कुरिरहेछु,

अपरिचित अन्धकारहरुमा
आफैभित्र हरायको
एउटा सुन्सान बस्तिभित्र
ठिङ उभिइरहेको बुख्याचा जस्तै
चाल बिहिन र सक्तिहिन
निरर्थक निरासा हु,
तेसैले त तिमीलाई कुरिरहेको छु ।

हो म त्यहि 'तिमि' को पर्खाइमा छु,
तिमी अर्थात मेरा आसाका त्यान्द्राहरु'
तुसारो तुवालोलाई चिर्ने सुर्यका प्रकासहरु,
तिमी अर्थात फुलका सुगन्धहरु,
तिमी अर्थात कपास जस्तै नरमताहरु
तिमी अर्थात अध्यारोलाई चिर्ने दिपहरु,
एउटा सुनौलो यात्राका कामनाहरु संगै,
कुरिरहेछु म,
जिन्दगीको एउटा परिच्छेद भित्र।

-Pradeep Gautam

(11/14/2010)

पर्खाइ

गोधुलीको सुर्यास्तसंगै
शुरु हुन्छन्
मेरा पर्खाइका पलहरु ।
शायद,
एउटा बचेरोले
आफ्नो चारोको प्रतिक्षा गरेजस्तै,
शायद,
एउटा जोगीले
भिक्षाको प्रतिक्षा गरेजस्तै,
शायद,
एउटा प्रेमीले
न्यानो मायाको प्रतिक्षा गरेजस्तै,
तिनै पर्खाइहरुभित्रको
एउटा पर्खाइ हुँ म।


जो प्रत्येक् बिहानिमा
सुनौलो किरणहरुको आभास खोज्दछ,
जो प्रतेक कदमहरुमा
सफलताको सपना देख्दछ,
जो प्रतेक छहरिहरुमा
सितलताको कामना गर्दछ,
त्यहि स्वोघोशित 'अभिलाशा' हुँ म

निरासाका राशहरुमा
आसाका फिलिङाहरुको
घनत्त्वो नपिरहेको छ।
अप्सोच् र अनिस्चित्ताको सागरभित्र
टल टल टल्किने
मोतीको खोजी गरिरहेको छ
तर

थकित छ
अथवा भनौ
म थकित छु,
यो येही संसार भित्र बचेँको छु म,
जहाँ,
मेरा कदमहरुमा काडा छर्ने तत्वोहरु
जर्जर छन्
प्रतेक आसाहरुलाई तुहाउने
दुसासन हरु मौलायेका छन्,

मोती टिप्न हिडेको म,
ओक्टोपसमा बेरियेर फर्केको छु,
एउटै सारन्श बाँकी रहेछ
मेरो पर्खाइभित्र अब,
निरासा, अनिस्चितता अनी अन्धकारहरु।।

यो कुटिल संसार अनी
येस्का कुटिल सिकारीहरु,
मेरा सम्पुर्ण महलहरु
भताभुङ पार्न तम्सिरहेछन्,
समयको प्रतेक निमेश सगै ।।

Pradeep Gautam
(11/25/2010)

पर्खाइ

गोधुलीको सुर्यास्तसंगै
शुरु हुन्छन्
मेरा पर्खाइका पलहरु ।
शायद,
एउटा बचेरोले
आफ्नो चारोको प्रतिक्षा गरेजस्तै,
शायद,
एउटा जोगीले
भिक्षाको प्रतिक्षा गरेजस्तै,
शायद,
एउटा प्रेमीले
न्यानो मायाको प्रतिक्षा गरेजस्तै,
तिनै पर्खाइहरुभित्रको
एउटा पर्खाइ हुँ म।


जो प्रत्येक् बिहानिमा
सुनौलो किरणहरुको आभास खोज्दछ,
जो प्रतेक कदमहरुमा
सफलताको सपना देख्दछ,
जो प्रतेक छहरिहरुमा
सितलताको कामना गर्दछ,
त्यहि स्वोघोशित 'अभिलाशा' हुँ म

निरासाका राशहरुमा
आसाका फिलिङाहरुको
घनत्त्वो नपिरहेको छ।
अप्सोच् र अनिस्चित्ताको सागरभित्र
टल टल टल्किने
मोतीको खोजी गरिरहेको छ
तर

थकित छ
अथवा भनौ
म थकित छु,
यो येही संसार भित्र बचेँको छु म,
जहाँ,
मेरा कदमहरुमा काडा छर्ने तत्वोहरु
जर्जर छन्
प्रतेक आसाहरुलाई तुहाउने
दुसासन हरु मौलायेका छन्,

मोती टिप्न हिडेको म,
ओक्टोपसमा बेरियेर फर्केको छु,
एउटै सारन्श बाँकी रहेछ
मेरो पर्खाइभित्र अब,
निरासा, अनिस्चितता अनी अन्धकारहरु।।

यो कुटिल संसार अनी
येस्का कुटिल सिकारीहरु,
मेरा सम्पुर्ण महलहरु
भताभुङ पार्न तम्सिरहेछन्,
समयको प्रतेक निमेश सगै ।।

Pradeep Gautam
(11/25/2010)

जुन एउटा सनतापभित्र

म यहाँ डढीरहेछु
लाग्छ
कतै जुनको सितल छाहरी
मेरो निम्ती सन्तापमै
बिलय हुने हो कि ।।



भावनाका उद्बेग छालहरुसगै
मेरा सारा निस्कपट
अभिलाषाहरु
एउटा अपरिचित गोरेटोसंगै
गुम्नाम् पो हुने हो कि ।।


हो
यी थकिसकेका मेरा कुराइहरु
बर पिपलको सिरसिर
बतासमा
एकनासले डुबुल्कि मार्न खोज्छन ।


मरुभुमिमा ओइलाईसकेको
एउटा पालुवा
केही थोपा पानीको आसमा
पर्खिरहेछ
गनिरहेछ प्रतेक पलाहरु उसले
घामका पूर्वपश्चिमहरुसगै ।।


यो जिन्दगी खै के जिन्दगी,
झिरमा उनेको एउटा माछाजस्तै
तड्पिरहेछन सारा
अकुलुसित् आकाँक्षाहरु
किनाराहरुलाइ छोड्दै बगेका
सारा नदीहरुजस्तै ।।


-प्रदीप गौतम
(07/23/2011)

जुन एउटा सनतापभित्र

म यहाँ डढीरहेछु
लाग्छ
कतै जुनको सितल छाहरी
मेरो निम्ती सन्तापमै
बिलय हुने हो कि ।।



भावनाका उद्बेग छालहरुसगै
मेरा सारा निस्कपट
अभिलाषाहरु
एउटा अपरिचित गोरेटोसंगै
गुम्नाम् पो हुने हो कि ।।


हो
यी थकिसकेका मेरा कुराइहरु
बर पिपलको सिरसिर
बतासमा
एकनासले डुबुल्कि मार्न खोज्छन ।


मरुभुमिमा ओइलाईसकेको
एउटा पालुवा
केही थोपा पानीको आसमा
पर्खिरहेछ
गनिरहेछ प्रतेक पलाहरु उसले
घामका पूर्वपश्चिमहरुसगै ।।


यो जिन्दगी खै के जिन्दगी,
झिरमा उनेको एउटा माछाजस्तै
तड्पिरहेछन सारा
अकुलुसित् आकाँक्षाहरु
किनाराहरुलाइ छोड्दै बगेका
सारा नदीहरुजस्तै ।।


-प्रदीप गौतम
(07/23/2011)