हे
काल्पनिक अपरिचिता
भो भैगो भो
मैले पुरा गर्न नसकेका बाचाहरु
अब
धमिराहरुले पुरा गर्नेछन,
किनकी
धमिरहरुको रासमा
लट्पटिएको छु,
धेरै आश्वासनहरुका
थुप्राहरुबाट
खुला आकाशमा म
शायदै आउनेछु ।।
तिमीले बोलाउने छौ शायद,
जिन्दगीका कुनै हरफहरुमा
र मलाई कोट्ट्याऊने छौ
अनी सोध्नेछौ
प्रिय
कहाँ गए तिम्रा बाचाहरु
कहाँ गए ति कोकिल कन्ठहरु
अनी कहाँ गए ति
संसार भुलाउने मुस्कानहरु ।।
अनी म,
अनायसै हराउने छु
पस्चातापको बिस्मएकारी
कोइलाहरुमा बिलिन हुनेछु।।
हो,
जब जब मैले
सफलताको सगरमाथा चढ्न खोजे,
तब तब
पापी हिमपहिरोहरुको भङारमा छोपिन पुगे,
जब जब मैले
आगोका फेवाहरु
पानीको डुंगामा तर्न खोजे,
तब तब मैले
पानीहरु जलेको पाए ।
अब फेरी म मा
हिमपहिरोहरुलाई चिर्ने दम्भ छैन
अब फेरी म मा
आगोका फेवाहरु तर्ने अतिरन्जना छैन।
म केवल एउटा परिधीभित्र सिमित छु,
मेरा सारा बिगत,
आश्वासनरुपी धमिराहरुका सिरानीहरुमा
गुज्रिरहेकाछन
प्रतेक काला जुनहरुसगै ।।
-प्रदीप गौतम
No comments:
Post a Comment