तिमी जुनसंगै उदाउछौ
अनी सुर्यास्त संगै लुक्छौ,
तिमीमा जुन लुकेको छ,
एउटा निर्जिब क्षितिज माथिबाट
चिहाइरहेको छु ।
चिहाइरहेको छु त्यो उपत्यका म,
जहाँ हुरी हावा, पानी, तुसारो अनी तुवालोहरु
तछाड्मछाड गरिरहेछन
प्रकृतिको चक्रमा अर्को
चक्र मिलाउन।
म तेही 'तिमी' लाई कुरिरहेको छु,
घडीको प्रत्येक टक टक आवाजहरुसंगै।
म
एउटा फुल हु।
त्यो फुल जसमा सुगन्ध छैन,
अनि सजिबता छैन ।
म एउटा फुस्रो कागज हु।
त्यसैले त मलाई सुगन्धको अर्थ थाहा छैन।
र त म 'तिमी' लाई कुरिरहेको छु,
धेरै नदीहरुले मलाइ पथ्थर भन्छन्,
हो म पथ्थर पनि हु,
उल्टो बगिरहेको समयको नदीलाई
रोक्ने दुस्साहस गर्ने
बिल्कुल म एक पथ्थर पनि हु।
तेसैले त म तिमीलाई कुरिरहेछु,
अपरिचित अन्धकारहरुमा
आफैभित्र हरायको
एउटा सुन्सान बस्तिभित्र
ठिङ उभिइरहेको बुख्याचा जस्तै
चाल बिहिन र सक्तिहिन
निरर्थक निरासा हु,
तेसैले त तिमीलाई कुरिरहेको छु ।
हो म त्यहि 'तिमि' को पर्खाइमा छु,
तिमी अर्थात मेरा आसाका त्यान्द्राहरु'
तुसारो तुवालोलाई चिर्ने सुर्यका प्रकासहरु,
तिमी अर्थात फुलका सुगन्धहरु,
तिमी अर्थात कपास जस्तै नरमताहरु
तिमी अर्थात अध्यारोलाई चिर्ने दिपहरु,
एउटा सुनौलो यात्राका कामनाहरु संगै,
कुरिरहेछु म,
जिन्दगीको एउटा परिच्छेद भित्र।
-Pradeep Gautam
(11/14/2010)
अनी सुर्यास्त संगै लुक्छौ,
तिमीमा जुन लुकेको छ,
एउटा निर्जिब क्षितिज माथिबाट
चिहाइरहेको छु ।
चिहाइरहेको छु त्यो उपत्यका म,
जहाँ हुरी हावा, पानी, तुसारो अनी तुवालोहरु
तछाड्मछाड गरिरहेछन
प्रकृतिको चक्रमा अर्को
चक्र मिलाउन।
म तेही 'तिमी' लाई कुरिरहेको छु,
घडीको प्रत्येक टक टक आवाजहरुसंगै।
म
एउटा फुल हु।
त्यो फुल जसमा सुगन्ध छैन,
अनि सजिबता छैन ।
म एउटा फुस्रो कागज हु।
त्यसैले त मलाई सुगन्धको अर्थ थाहा छैन।
र त म 'तिमी' लाई कुरिरहेको छु,
धेरै नदीहरुले मलाइ पथ्थर भन्छन्,
हो म पथ्थर पनि हु,
उल्टो बगिरहेको समयको नदीलाई
रोक्ने दुस्साहस गर्ने
बिल्कुल म एक पथ्थर पनि हु।
तेसैले त म तिमीलाई कुरिरहेछु,
अपरिचित अन्धकारहरुमा
आफैभित्र हरायको
एउटा सुन्सान बस्तिभित्र
ठिङ उभिइरहेको बुख्याचा जस्तै
चाल बिहिन र सक्तिहिन
निरर्थक निरासा हु,
तेसैले त तिमीलाई कुरिरहेको छु ।
हो म त्यहि 'तिमि' को पर्खाइमा छु,
तिमी अर्थात मेरा आसाका त्यान्द्राहरु'
तुसारो तुवालोलाई चिर्ने सुर्यका प्रकासहरु,
तिमी अर्थात फुलका सुगन्धहरु,
तिमी अर्थात कपास जस्तै नरमताहरु
तिमी अर्थात अध्यारोलाई चिर्ने दिपहरु,
एउटा सुनौलो यात्राका कामनाहरु संगै,
कुरिरहेछु म,
जिन्दगीको एउटा परिच्छेद भित्र।
-Pradeep Gautam
(11/14/2010)
3F069FE28D
ReplyDeletehacker kiralama
hacker bul
tütün dünyası
-
-