Featured Post

4 Awesome Life Hacks & Creative Science Experiments

  4 Awesome Life Hacks & Creative Science Experiments Hello science and tech lovers, here are 4 Awesome Life Hacks & Creative Scienc...

Sunday, July 7, 2013

2. Landscape: River, bare trees and reflections - Acrylic on Paper


2. Landscape: River, bare trees and reflections - Acrylic on Paper


1. Landscape: Trees, River, and Forest- Acrylic on Paper

Acrylic on paper. Landscape imaginary scene.

1. Landscape: Trees, River, and Forest- Acrylic on Paper

Acrylic on paper. Landscape imaginary scene.

बिहानीको पर्खाइमा

एउटा नबिनतम दिन आउछ फेरि 
हिजो जस्तै गरी 
फक्रिन्छ, फुल्छ अनि 
गोधुलिमा 
धुल्मुलिदै ओइलिन थाल्छ 
असिनाले चुटेको
कर्कलाको पात जस्तै गरि ।। 

म 
केवल हेर्छु तिनै हरेक आज'हरूलाई 
ठिङ निर्लज्जित मनहरूको 
किनरामा उभिएर
एउटा तमासे जस्तै गरी। 
अनि
चल्न खोज्छु
मौलाउन खोज्छु
समयको गतिलाई 
फगत 
पछ्छ्याउन खोज्छु
आँधीमा परेको एउटा
बबुरो माझी जस्तै गरी। 

तर, 
ती मेरा चलाइहरू र पछ्छ्याइहरू
यत्तिकैमा पूर्ण बिराम लाग्छन,
मानौ, अब कुनै परिच्चेदहरू 
लेखिने छैनन् फेरी
मेरा प्रयासरुपी किताबका पानाहरुमा।    
मेरा उठ्ने, दौडिने र लक्ष्यहरूलाइ चुम्ने
अभिलाषाहरू
चुर्लुममा डुब्छन
क्षितिजमा डुब्न लागेको 
घाम जस्तै गरी ।।

अबरोहका बिशम चक्रब्युहमा
गुमनाम हुनै लागेका यी पाइलाहरू
सिस्नोरुपी गन्तब्यका कलोपत्रेहरुमा 
अझै तछाडमछाड गर्न लालायित छन्
त्यहि स्वोर्णिम बिहानीको पर्खाइमा,
प्रत्येक घडीहरू कुरिरहेछन
अब तिनै औसीहरूलाई 
चारभन्ज्याङ कटाउने गरी । 
अब तिनै निरसा र बिछिप्तताहरूलाई 
कहिल्लेई नबिउताउने गरी ।। 
06/30/13

बिहानीको पर्खाइमा

एउटा नबिनतम दिन आउछ फेरि 
हिजो जस्तै गरी 
फक्रिन्छ, फुल्छ अनि 
गोधुलिमा 
धुल्मुलिदै ओइलिन थाल्छ 
असिनाले चुटेको
कर्कलाको पात जस्तै गरि ।। 

म 
केवल हेर्छु तिनै हरेक आज'हरूलाई 
ठिङ निर्लज्जित मनहरूको 
किनरामा उभिएर
एउटा तमासे जस्तै गरी। 
अनि
चल्न खोज्छु
मौलाउन खोज्छु
समयको गतिलाई 
फगत 
पछ्छ्याउन खोज्छु
आँधीमा परेको एउटा
बबुरो माझी जस्तै गरी। 

तर, 
ती मेरा चलाइहरू र पछ्छ्याइहरू
यत्तिकैमा पूर्ण बिराम लाग्छन,
मानौ, अब कुनै परिच्चेदहरू 
लेखिने छैनन् फेरी
मेरा प्रयासरुपी किताबका पानाहरुमा।    
मेरा उठ्ने, दौडिने र लक्ष्यहरूलाइ चुम्ने
अभिलाषाहरू
चुर्लुममा डुब्छन
क्षितिजमा डुब्न लागेको 
घाम जस्तै गरी ।।

अबरोहका बिशम चक्रब्युहमा
गुमनाम हुनै लागेका यी पाइलाहरू
सिस्नोरुपी गन्तब्यका कलोपत्रेहरुमा 
अझै तछाडमछाड गर्न लालायित छन्
त्यहि स्वोर्णिम बिहानीको पर्खाइमा,
प्रत्येक घडीहरू कुरिरहेछन
अब तिनै औसीहरूलाई 
चारभन्ज्याङ कटाउने गरी । 
अब तिनै निरसा र बिछिप्तताहरूलाई 
कहिल्लेई नबिउताउने गरी ।। 
06/30/13

Wednesday, February 20, 2013

गन्तब्य र खुट्किलाहरू

यो जिन्दगीका
बिशम यात्रा
अनि 
समतला र खन्डहरहरुमा
कहीले जानेर लडें हुँला 
कहीले नजनेरै लडेँ हुँला । 
जङारहरू तर्न खोज्दा,
भुमरिहरुमा 
अनायसै भासियें पनि होला । 
तर पनि,
मेरो गन्तब्य
मेरो आँखा अगाडी छिपेको छैन ।
त्यसैले त
सायद
म थाकेको छैन पनि होला
चढनुपर्ने धेरै घनघस्याहरू देखेर
यो मन
सायद
बिचलित भएको छैन पनि होला
खुट्किलाहरू पछ्छ्याउदै गर्दा
यी खुट्टाहरू
सायद
तिर्मिर्याएका छैनन पनि होला ।।

02/05/013

गन्तब्य र खुट्किलाहरू

यो जिन्दगीका
बिशम यात्रा
अनि 
समतला र खन्डहरहरुमा
कहीले जानेर लडें हुँला 
कहीले नजनेरै लडेँ हुँला । 
जङारहरू तर्न खोज्दा,
भुमरिहरुमा 
अनायसै भासियें पनि होला । 
तर पनि,
मेरो गन्तब्य
मेरो आँखा अगाडी छिपेको छैन ।
त्यसैले त
सायद
म थाकेको छैन पनि होला
चढनुपर्ने धेरै घनघस्याहरू देखेर
यो मन
सायद
बिचलित भएको छैन पनि होला
खुट्किलाहरू पछ्छ्याउदै गर्दा
यी खुट्टाहरू
सायद
तिर्मिर्याएका छैनन पनि होला ।।

02/05/013

Thursday, March 1, 2012

कथा: सिरु

                                                                                                                       -By Pradeep Gautam
“बाबा.. बाबा.., हेर्नु त टिभीमा ममी आउनु भको, छिट्टो हेर्नु न,”
दिनभरी घरबारीको कामले लखतरान भएर पिढीको पुरानो खाटमा बिस्राम लिन नपाउदै सुरेन्द्रको सानो छोरो उत्साहित हुँदै झक्झक्याउन आइपुग्यो।
?”हैन के भो, को आयो टिभीमा
“हेर्नु न पहिले”
अबोध आफ्नो छोराको अपत्यारिलो हाउभाउले सुरेन्द्र उठ्न वाध्य भयो।
सुरेन्द्र गुनगुनाउदै भित्र पस्यो।
नेपाल टेलिभिजनबाट साँझ ८ बजेको समाचार आइरहेको थियो।
“हो त हेर त तेरी ममी टिभीमा,” उत्साहित हुँदै सुरेन्द्र टिभीनेर उभियो।
आफ्नी श्रीमतीलाई टेलिभिजनको मुख्य समचारमा देखेर सुरेन्द्रको कौतुहल झनै बढ्यो।
कान ठाडा बनायो, आँखा उप्कायो, अनि समाचार सुनिरह्यो।
?ममीलाई किन देखाको र बाबा”
अबोध छोराको निस्कपट प्रश्नले उ झसँग भयो।
सुरेन्द्र बिस्तारै पछि हट्यो, छोराको हात समायो, उसका आँखा ढाक्न खोज्यो, अनी टिभीको तार बेस्सरी तान्यो।
टिभी निभ्यो। आफ्नी श्रीमती सिरुको समाचार सुनेपछी सुरेन्द्र एकोहोरो टोलाइरह्यो, टाउको भारी भएर आयो, मनभित्र हजारौं कुराहरू जोडतोड गर्दै एकै पटक बिस्पोटक हुँदै आइरहे, सुरेन्द्र केवल बर्बरायो आफैभित्र।

?बाबा, किन रुनु भको”
बलिन्द्रधारा आसुहरू लुकाउन खोज्दै उ आफूलाई सम्हाल्न खोज्यो, तर सपनाजस्तो लाग्ने समाचारले उसका सबै खुशीहरू बिछिप्त बनाई धुजा-धुजा परिरहेको थियो।
सिरु अर्थात सुरेन्द्रकी अर्धाङिनि। काभ्रेको एक गाऊको स्कुलमा ११ कक्षा पढ्दा पढ्दै ६ बर्षअघी भागेर बिहे गरेका थिए सुरेन्द्र र सिरुले। दुई जनाको सानो संसार, हसिलो जिन्दगी अनी दु:ख सूख गर्दै कटाइरहेका थिए।
स्कुल पढ्दा बैसालु सिरुको मुस्कानमा लोभिने धेरै थिए। रातो रिबनले दुई चुल्ठा बाटेर, टम्म परेको जिउमा स्कुलको निलो सर्ट र निलो फ्रक लगाएर हिड्दा गाऊका बुढा खाडा पनि पर सम्म नियालेर हेरिरहन्थे सिरुलाई। सिरु, सच्चिकै राम्री थियी, हसिली थियी, मायालु थियी, अनी धेरैको सपनामा आउने परी जस्तै थियी।
सिरुको रोजाइमा फेरि एउटै मान्छे थियो, सगै पढ्ने सुरेन्द्र। साच्चिकै रसिलो र मनमोहक प्रेम थियो उनिहरुको त्यो भर्भराउदो उमेरमा । गाऊलेहरूले उनीहरू दुईको धेरै चियो चर्चो गर्न थालेपछि, सिरुको कथित उपल्लो जातको परिवारले जातियताको कुरा उठाएर सुरेन्द्रको परिवारलाई धम्क्याउन थल्यो। घर परिवार दुबैजनाका दुस्मन भैसकेकोले उनीहरुसामु अब धेरै बिकल्प रहेको थिएन। यत्तिकैमा समाज परिवार सबै त्यागेर दुई मुटु एक हुने कसम खाँदै भागी बिबाह गरेर सुरेन्द्र र सिरु छिमेकी गाऊमा बस्न गएका थिए।
दुबै परिवारदेखी टाढा थिए, परिवारसित कुनै सम्बन्ध थिएन। गाऊको सानो संसारमा उनीहरूका ठुला ठुला रहरहरू थिए। दुबैले धेरै काम गर्ने, पैसा जोड्ने अनी सदरमुकाममा गएर एउटा जग्गा किन्ने, सानो छाप्रो हाल्ने, एउटा पसल् खोलेर धेरै मेहनत गर्ने, आफूलाई पुग्ने पैसा र एउटा राम्रो घर बनाउने र सुखी जिन्दगी जिउने ..यस्तै यस्तै। उनिहरुको जिन्दगीमा अब बुढेस्कालको साहारा पनि थपियो। बिहे गरेको पहिलो बर्षमै छोरो जन्मियो। उनिहरुको खुशी अझ थपियो।
सुरेन्द्र र सिरु केवल खुशी थिए , एक अर्कामा रमाइरहेका थिए। एक अर्काको पवित्र माया थियो र न्यानो साथ् थियो तर जिन्दगी केवल साथ र खुशीले मात्र पनि टर्दो रहेनछ। पैसा पनि चाहिदो रहेछ् त्यो खुशी लाई टिकाइरख्न। शहरमा एउटा पसल खोल्न र छाप्रो हाल्न यो महँगो संसारमा चाहेर मात्र केही हुने थिएन। बिचरा दुई जनाका साहारा पनि कोहि थिएनन। आफ्नो परिवार आफू भागेर बिहे गरेदेखिनै अपरिचित र बिरानो भैसकेको थियो। उनिहरुलाई ढाडस दिने कोहि भएन। दुबैजना परिवार देखि टाढा बस्दा मलिन त थिए तर दुखी थिएनन किनकी एक अर्का प्रतिको विश्वाशनै उनिहरुकालागी सबथोक थियो।
अर्काको पाखाबारीमामा काम गरेकै भरमा सुरेन्द्र र सिरुले आफ्नो सपना पूरा गर्न सक्ने स्थिति थिएन। छोरो पनि हुर्किदै थियो। ताते ताते गर्दै तोते बोल्न थालिसक्यो तर अझै न त उनिहरूले एउटा घर जोड्न सकेका थिए न त पाखोबारी नै। सुरेन्द्र कहिलेकाही त कतार वा साउदी अरबमा गएर आफ्नो पसिना बेचेर आफ्नी सिरुको हातमा नयाँ चुरा, छोराको लागी नयाँ भोटो फेर्ने अनी केही पैसा जोड्जाम पारेर फर्किने नसोचेको पनि हैन। तर आफ्नो एक्लो साहारा सिरु र काखमा रमाइरहेको नाबालक छोराको अगाध प्रेमले देश त के गाऊ छोड्ने पनि आँट गर्न सकेन सुरेन्द्रले।
दिनहरू बित्दै गए, सुरेन्द्र र सिरुले गरिबीमा जिन्दगी बिताइरहे। आफ्ना छरछिमेकी कोहि शहर त कोहि बिदेश गएर पैसा कमाएर प्रगति गरेको देख्दा दुबैका मनमा अब केही त्याग गर्नु पर्छ र आफ्नो दयनिय गरिबी मा अल्झिएको जिन्दगीलाई केही माथी उठाउनु पर्छ भन्ने सोच पलाउन थाल्यो। यसैबिच सिरुले एउटा प्रस्ताब ल्याइ। सिरु आफू काठमाडौं गएर आफ्नो एकजना चिनेको मान्छेको ब्युटी पार्लरमा काम र तालिम दुबै गर्ने र बचेखुछेको पैसाले पाखोबारी किन्ने अनी पछि सबै बेचेर शहरमा आफ्नै पसल गरेर सुखी जिन्दगी बिताउने। तर सिरुको प्रस्ताब सुरेन्द्रकालागि असहज थियो किनकी सुरेन्द्र कुनै हालतमा सिरुलाई एक्लै काम गर्न पठाउने पक्षमा थिएन। वास्तविकता फेरि फरक थियो, सुरेन्द्रसँग न त पढाइ थियो न त कुनै सिप नै र बिना कुनै क्षमता ….अन्धकारमा शहर पस्दैमा पैसा कमिदैन भन्ने दुबैलाइ राम्रै सँग थाहा थियो।
धेरै समयको छलफलपछी सुरेन्द्र गाउँमा पाखोबारी र छोरो हुर्काएर बस्ने सिरुले शहरमा गएर पैसा कमाएर पठाउने सहमती भयो। सिरु काठमाडौं हानियी आफ्नो प्यारो श्रीमान र एक्लो छोराको मायालाई आसुँ बनाएर बगाउदै। बिदाइको हात हल्याउन सुरेन्द्रलाई साह्रै पिडाबोध भैरहेको थियो। बाबु छोरा धेरै रात कोल्टे फेर्दै सिरुको यादमा कटाइरहे केवल सुन्दर दिनको पर्खाइमा।
अब सिरुको संघर्ष काठमाडौंको खल्टोमा सुरु भयो। उसको एउटै लक्ष्य थियो छिट्टै पैसा कमाएर घर फर्किने। तर उसलाई अझै सम्म पत्तो थिएन की एउटा नारीलाई आफ्नो परिवारको साथबिना यो बिसाल, अस्तबेस्थ र भिडहरूको शहरमा संघर्ष गरेर पैसा कमाउन कति पीडा हुन्छ भनेर। सिरुले ब्युटी पार्लरको काम सुरु गरी। तर उसलाई केही नआउने हुनाले, खाना र बस्न दिएर थोरै पकेट खर्चमा काममा लगाइरहेकी थियी साहुनीले। समय बित्दै गयो। आफ्नो बुढा र छोराको याद आएपनि सिरु पैसा नकमाउन्जेल गाउँ नफर्किने बाचा गरेकी थियी। ब्युटी पार्लरको काम गर्दै जाँदा उसलाई धेरै कुराहरू थाहा हुन थाल्यो। बाहिर-बाहिर ब्युटी पार्लर भएपनि त्यसभित्रका रात्री रङिँन जीवनभित्र लुकेको पैसाको बाढीमा सिरु अनायसै अकर्सित हुन पुगी।
जसको पढाई र सीप दुबै छैन उसको सोझो हिसाबले पैसा नकमिदो रहेछ भन्ने भ्रमित र लाचारी कुरा उसका रङिन जीवन बिताउने सङीहरूले सिकाइरहेका थिए। अली-अली कमाएको पैसा गाऊमा पठाउन पनि भ्याएकी थियी सिरु। साहुनीले सिरुलाई रात्री जीवनका ग्राहकबाट आउने पैसा र केवल ब्युटी पार्लरमा नङ पालिस लगाएर आउने पैसाको अन्तरबारे धेरै बताइसकेकी थियी। १ बर्ष सोझो हिसाबले काम गर्दा खान लाउन पनि नपुग्ने अवस्था आएपछी सिरु आफ्नो घर समाज लाई केही समय तिलान्जली दिने अनि अली पाकेट मोटो भएपछी त्यो काम चटक्कै छोडेर गाऊ फर्किने अठोट गरी।
सिरु उसका सङीहरू जस्तै शहरका यौन पिपासुहरूका प्यास मेट्न हिच्किच्याउन छाडी। नभन्दै, सिरु एक बर्षसम्ममा नकमाएको र नदेखेको पैसा एक महिनामै पोल्टाभरी पारी। दरबार मार्गको ब्युटी पार्लर भनेर होर्डिङबोर्ड राखेराखेपनि भित्र-भित्र अर्कै तरुनी खेती हुन्छ भन्ने धेरै जसो ग्राहकलाई पनि थाहानै थियो।
सुरेन्द्र उता गाउँमा मख्ख थियो किनकी आफ्नी श्रीमतीले काम र मेहनत गरेर पैसा पठाइरहेकोले अब आफ्नो जीवनस्तर उठ्छ र आफूहरूको शहरमा गएर बिजनेस गर्ने सपना पूरा हुने कुरामा ढुक्क थियो। जिन्दगी संघर्स हो, केही पाउन लाई केही गुमाउनु पर्छ, भन्ने भनाइलाई मनभित्र गडाएर आफ्नो चित्त बुझाएर बसेको थियो सुरेन्द्र। बिचरा सुरेन्द्रलाई के थाहा आफ्नी सिरु दरबारमार्गका रात्री जीवनहरूमा पुरै डुबिसकेकी थियी, मात्तियकी थीयी अनि वाइन बियर र चुरोटको नसा नसामा जम्मा गरेको पैसा देखेर मक्ख थियी भनेर। अब सिरु सुरेन्द्रलाई माया गर्ने उही सिरु थीइन, सुरेन्द्रको लागि धेरै काहाली लाग्ने संसारमा रुमलीयीसकेकी सिरु थियी।
समय सधैं एकैनासको चाहेर पनि कहाँ हुन सक्थ्यो र? सुराकीको आधारमा एकदिन नगर प्रहरीले सिरुले काम कथित ब्युटी पार्लरमा छापा मार्यो। वरिपरि भिडियो र क्यामराका फ्लाशहरू उनै अर्ध बस्त्र र अर्ध-नग्न २२/२५ बर्ष जतिका देखिने सिरु र उसका साथीहरूतर्फ सोझिइरहेका थिए। कोहि मुख ढाक्दै र कोहि लाज ढाक्दै क्यामेराबाट भाग्दै थिए। सिरु लगाएतका अरु केटीहरू सारा दुनियाँको घरघरमा अती लज्जित र घ्रिणायुक्त समाचार सहित कलन्कित भैसकेको मुहार लिएर समाचारमा छाइरहेका थिए। सिरु रोइरहेकी थियी र उसको अनुहार आफ्नो श्रीमान, छोरो लगाएत लाखौं मान्छेले प्रतक्ष्य हेरिरहेका थिए। पैसाका लागि आफ्नो अस्मिता बजारमा बेच्ने सिरुका आँखाका आशुहरुमा कुनै पनि सचेत आत्माका सह्रिदयी सहानुभुति कदापी पर्ने थिएनन। सिरुले आफ्नो मुख छोपी, आफ्नो कलिलो तोते गरेर ‘ममी’ भनेर बोलाउने छोराको निस्चल मुस्कान सम्झी, आफू भन्दापनि धेरै माया गर्ने आफ्नो निस्कपट श्रीमान सम्झी, पैसाकोलागी आफूले गरेको अक्षम्य पाप र कलंक सम्झी अनि असैह्य पस्चताप र बेहोशीमा छटपटियी।
यता सिरुको कर्तुत संगै सुरेन्द्र र उस्को छोराको जिन्दगी पनि झरेको ताराजस्तै भैसकेको थियो। बाबु छोराका आँखाबाट खसेका अबिरल आसुहरू पुरै रातभर रोकिदै रोकिएनन्। भिजिरहे। उसको छोरो अझै बेलुका देखिनै बेचैन थियो र सोधिरहेको थियो, “बाबा ममी किन टिभीमा देखिनु भएको ? अनि ममी कहीले आउनु हुन्छ र बाबा? बाबा किन रुनु भएको?” सुरेन्द्रसँग उसको छोराका निर्दोश प्रश्नहरुको कुनै जवाफ थिएन। उ अब भोलीको दिनले ल्याउने प्रलयलाई कुर्दै आधा रात कटायो। बिहान झिस्मिसेमा होहल्ला सहित सारा गाउँ सुरेन्द्रको घरतर्फ लम्कियो। संसारभरी आफ्नो गाउँको बद्नाम गर्ने सिरुको परिवारलाई गाउँबाट लखेट्न सबैजना सुरेन्द्रको आंगनमा एक एक गर्दै जम्मा हुन थाले।
सुरेन्द्रको सपनाको सानो संसार बन्न नपाई क्षणभरमा नै भत्किसकेको थियो । बाबु र छोरा भालेको डांकसगै सदाकालागी घर छोडिसकेका थिए।
Published in Mysansar: See this story in mysansar
Published in DCNepal: See this story in Dcnepal

कथा: सिरु

                                                                                                                       -By Pradeep Gautam
“बाबा.. बाबा.., हेर्नु त टिभीमा ममी आउनु भको, छिट्टो हेर्नु न,”
दिनभरी घरबारीको कामले लखतरान भएर पिढीको पुरानो खाटमा बिस्राम लिन नपाउदै सुरेन्द्रको सानो छोरो उत्साहित हुँदै झक्झक्याउन आइपुग्यो।
?”हैन के भो, को आयो टिभीमा
“हेर्नु न पहिले”
अबोध आफ्नो छोराको अपत्यारिलो हाउभाउले सुरेन्द्र उठ्न वाध्य भयो।
सुरेन्द्र गुनगुनाउदै भित्र पस्यो।
नेपाल टेलिभिजनबाट साँझ ८ बजेको समाचार आइरहेको थियो।
“हो त हेर त तेरी ममी टिभीमा,” उत्साहित हुँदै सुरेन्द्र टिभीनेर उभियो।
आफ्नी श्रीमतीलाई टेलिभिजनको मुख्य समचारमा देखेर सुरेन्द्रको कौतुहल झनै बढ्यो।
कान ठाडा बनायो, आँखा उप्कायो, अनि समाचार सुनिरह्यो।
?ममीलाई किन देखाको र बाबा”
अबोध छोराको निस्कपट प्रश्नले उ झसँग भयो।
सुरेन्द्र बिस्तारै पछि हट्यो, छोराको हात समायो, उसका आँखा ढाक्न खोज्यो, अनी टिभीको तार बेस्सरी तान्यो।
टिभी निभ्यो। आफ्नी श्रीमती सिरुको समाचार सुनेपछी सुरेन्द्र एकोहोरो टोलाइरह्यो, टाउको भारी भएर आयो, मनभित्र हजारौं कुराहरू जोडतोड गर्दै एकै पटक बिस्पोटक हुँदै आइरहे, सुरेन्द्र केवल बर्बरायो आफैभित्र।

Sunday, December 18, 2011

प्रेम, यौवन र नजन्मिएको म


                                                                                   - प्रदीप गौतम “अंकित”-
“Hi! I’m Shaurav, Good to see You.”
'Me, Juna! Good to see You too.'
“जुना …..नेपाली हो?”
'हो नि! अनि आफू पनि नेपाली हो?'
'ओ, हो। ल नेपाली-नेपाली परेछ नि! फेस हेरेर त छुट्ट्याउनै नसकिने भो ….. '
'त्यही त हेर न'
२ वर्षदेखि अमेरिकाको एउटा युनिभर्सिटीमा पढिराखेको २३ वर्षे सौरभले आफ्नो लाइब्रेरीमा नयाँ नेपाली साथी जुनालाई भेट्दा नेपालमै पुगेजस्तो अनुभव गर्‍यो। सौरभले कुरा अगाडि बढायो “अनि नेपालबाट कहिले आएको त?” “लास्ट सेमिस्टरमा आएको हो, मेरो अर्को युनिभर्सिटी अलि महँगो भएर यसमा ट्रान्स्फर गरेको” एकै वाक्यमा जुनाले प्रस्ट पारी । 
१९ बर्से जुना अध्ययनशील, सुन्दर, हाँसेर बोल्नुपर्ने, मिजासिली ‘बेच्लर्स इन बिज्नेस अड्मिनिस्ट्रेसन’ पढ्दै गरेकी केटी थिइ। सौरभ पनि सम्पन्न परिवारको एक्लो छोरो, आकर्षक पर्सानालिटी भएको जेहेन्दार विद्यार्थी थियो र अबको २ वर्षमा इन्जिनियर बन्ने क्रममा थियो। दुबैको पढाई शुरु भैसकेको थियो, नेपालीका नाममा त्यो कलेजमा सौरभ र जुना मात्रै थिए। विदेशी भूमि, एक्लो पट्ट्यारलाग्दो जिन्दगी, अनि एकोहोरो पढाइको दैनिकीबाट केही समय सुस्ताउन चाहन्थ्यो सौरभ। जुना पनि यो बिशाल शहरमा घरी-घरी एक्लो महसुस गर्थी अनि मनमनै समयरुपी पिजडाबाट छुटेर माछापुछ्रे र फेवातालमाथि पाराग्ल्याइडिङमा उन्मुक्त रम्न चाहन्थी, तर के गर्नु सोच्नु र वास्तविक हुनुमा निकै फरक थियो। जुना क्याम्पस नजिकै बस्थी भने सौरभ केही टाढा। सौरभसँग कार भएकोले जुनालाई बेला बेला बजार जान-आउन सहयोग गर्थ्यो, एकजना साथी अझ नेपाली भएको नाताले। जुना पनि एक्लो शहरमा सौरभको सहयोगलाई मनमनै धन्यवाद दिइरहेकी थियी। दुबैजना परिवारबाट टाढा, एउटै लक्ष्य ‘पढाइ’, महत्वाकान्क्षी स्वभाब, सेन्स अफ ह्युमर’ आदि मिल्दोजुल्दो बानी ब्यबाहारले एक अर्कामा अझ नजिक बनायो। खाली भएको समयमा दुबै जना नजिकैको पार्कमा जान्थे, धेरैबेर गफ गर्थे, जीवनका तिक्तता र अनुभबहरु बाड्थे, फर्किन्थे अनी पढ्न सुरु गर्थे। कहिले फिल्म हेर्न जान्थे, कहिले अबेरसम्म लाइब्रेरीमा पढेर बस्थे, कहिले सगै डिनर खान रेस्टुराँ जान्थे। दुबैजना एक किसिमको अनौठो न्यानोपना महशुस गर्न थालेका थिए, अझ सौरभ त दुई बर्षमै पहिलो पटक खुशी थियो त्यो शहरभित्र कारण उही थियो आफ्नो असल साथी जुनाको साथ।
समयले त्यो सेमिस्टरलाईपनि बिदा दिईसकेछ पत्तै नपाइ। सौरभ ईन्टरनेट सर्फ गरिरहेको थियो.. भाइब्रेसनमा राखेको मोबाइल फोनले टेक्स्टको आएको संकेत गर्‍यो, “सौरभ, एउटा गूड् न्युज छ नी आज, जस्ट गट अ मेल” “ओहो, कस्तो गुड न्युज हो सेयर गर न” सौरभले तुरुन्तै रिप्लाई गर्यो। “नाइ! इट्स सेक्रेट फर नावो, आइ विल टेल यू टुमोरो” जुनाले सौरभमा कौतुहल्ता जगाउन खोजी । सौरभले कुनै आकलन गर्न सकेन जुनाको ‘गूड् न्युजको’ टेक्स्ट बारे। सौरभ बेड त गयो तर अज्ञात बेचैनीले धेरै ढिलो निदायो। “सौरभ्, मैले स्कोलरशिप पाएँनी” रातभरको सौरभको कौतुहल्तालाई एकै बाक्यले मेट्न खोजी जुना। सौरभ आफ्नो खुशी ब्यक्त गर्न जुनालाई बेस्सरी उचाल्यो अनी २ पटक घुमायो। “यो त अतीनै खुशीको खबर हो नी जुना। ल बधाई छ।” उचालेको जुनाको कोमल शरीर बिस्तारै भुइमा राख्यो। अती उत्साहामा सौरभले जुनालाई एकैछिनसम्म लिदा दुबैले एकर्काको अनौठो बासना अनुभब गरे अनी केही समय लजाएर हेरे। सौरभको त्यो उन्मुक्ती क्षणभरमै बिलायो, एक थोपा कर्कलाको पानी तप्प माटोमा खसेर बिलय भए सरी किनकी जुनाले अर्कै ठाढाको युनिभर्सिटीमा स्कोलरशिप पाएकी रैछ जसका कारण उ त्यो ठाउँबाट सरेर जानुपर्ने भयो। जुना अब त्यो शहरमा मात्र केही दिनकी पाहुना भएर बस्ने भएकी थियि। सौरभ अवाक भयो, आफ्नो बर्सौपछी पाएको एउटा खुशी पनि केही महिनामा खोसियो। हुन त जुना सौरभको केवल राम्रो साथी मात्र थियी, तर मनमा भने जुनाको हसिलो मुहार धेरै गाढारुपमा गाढिसकेको थियो। जुना पनि आफ्नो एक्लो साथीबाट टाढा जानुपर्ने भएकोले केही दुखी त थियी तर आफ्नो पढाइमा पाएको स्कोलरशिपको कारण त्यति बेखुसी थियिन जति सौरभ अबको एक्लोपनालाई सम्झेर बिछिप्त थियो। सौरभले आफ्नै कारमा लगेजहरू राखिदियो अनी एअरपोर्ट पुर्याइदियो जुनालाइ। जम्मा चार महिना भएपनि चार बर्षको खुशी पाएको थियो सौरभले मानौ बिरानो देशमा मरुभुमीको एउटा फूलले एक थोपा पानीको आडमा तिर्खा मेट्ने अवसर पाएको छ। तर समयको चक्र थियो भेटिनु छुटिनु जीवनको रीत नै थियो। एअरपोर्टमा दुबैले अँगालो हाले अनी सौरभ आफ्ना जुनासंगका सुनौला दिनहरु र जुनाप्रतीको अगाध स्नेह आशु बनाइ छल्काइदियो, जुनापनि सौरभको सहयोग र आत्मियताले भावबिभोर भई। दुबैको दिन साह्रै खिन्नतामा बित्यो अनी तिनै केही महिनाका सुनौला पलहरु दुबैजानाका मानसपटलमा तछाडमछाड गर्दै आइरहे।
सौरभ र जुना दुबै टाढा भएको दिन देखिनै अझ नजिक हुन थाले। जुनालाई सौरभको माया निस्छल लाग्न थाल्यो भने सौरभ जुनाको हासोमा अड्किसकेको थियो। पढाइको फुर्सद हुने बित्तिकै फोनमा, टेक्स्टमा, भिडियोमा भेट भइहाल्थे अनी अगाध एवम निस्कपट माया दर्शाउथे। स्प्रिङ सेमेस्टेर बिताउन दुबैलाइ साह्रै नै गाह्रो भयो। आउँदै गरेको समर ब्रेकको लागि जुनाले सौरभलाई आफ्नो नयाँ ठाउँ घुम्न बोलाई। घण्टौ-घण्टा कुरा गरेर पनि नथाक्ने अजिबको ‘माया’ भन्ने चिजले दुबैलाइ पढाइमा केही बाधा भने पक्कै गरेको थियो तर दुबैले सेमेस्टर राम्रैसँग सकाए अनी आफूले चाहेको फूललाई भेट्न कुनै ढीलाई नगरी सौरभ एअरपोर्टतिर हानियो। दुनियाँ अमूक थियो सौरभ र जुनाको प्यार देखी। एकअर्कालाई देख्नेबित्तिकै एअरपोर्टमै बाधिएको न्यानो अँगालोहरू धेरैबेर सम्म फुक्न मानेनन्। दुबैले धेरै गफ गरे, मिठो खाना खाए,पहिलोपटक वाइन पिए, मात्तिए, मिलनको मिठो स्वाद चाखे, अङालोमा बाधिए, संसार बिर्सिए अनी मदहोस नयनका गहिराइमा यौबनका उन्मुक्त जोडी रङीन संसारमा लुट्पुटिए। निमेषभरमा नै बितेको एक हप्तापछी सौरभ गरुङ्गो मन लिएर आफ्नो गन्तब्यमा लाग्नुपर्ने भयो। जुना धेरै बेर सम्म सौरभको हात समातिरही अनी एक्नासले हेरिरही, एकपटक सौरभको गालामा म्वाइ खाइ अनी बिदाइको हात हल्ल्यइ भारी मनसित यस्तो लाग्थ्यो लासा जान हिंडेको मदनलाई मुनाले बिदा गरिरहेकी छ। दिनहरु बित्दै गए, ऊनीहरुको माया अझ झाङिदै गयो, पढाई पनि चल्दै गयो।
सौरभ नजिकै आउन लागेको मिड्टर्मको तयारी गर्दै थियो यत्तिकैमा मोबाइल बज्यो। अजङ्गको गुफाभित्र एक्लो यात्रीको एक्लो साहारा दीप निभेर चकमन्न अध्यारोमा मौन चित्कार गरेजस्तै जुना आफ्नो प्रेमी सौरभसँग आत्तिएर बोलिरहेकी थियी। “सौरभ हामीले ठुलो गल्ति गरेछौँ। मिलन, माया, प्रेम र यौवनको नशामा हामीले सबै संसार बिर्सिएछौँ” महिनावारी हुन रोकिएको असैह्य पिडा छताछुल्ल पोखी जुनाले। सौरभ अवाक भयो, आँखा तिर्मिर्याउन थाले, भित्तमा हाँसिरहेको मोनालिसाको तस्बिर महाभारतमा भीमकी राक्षस पत्नी हिडिम्बाको जस्तो लाग्न थाल्यो, वरिपरि अँध्यारो देख्यो, खल-खल पसिना आयो, मुहार एक्कासी कालो भयो, बोल्न सकेन तर सुनी रह्यो जुनाको रोदन। जीवन भनेको दु:ख र सुखको सँगम त हो तर यतिबेला आएको पीडा त्यो खुला नील आकाशमा एक्कासी मडारिएको कालो बादलरुपी बिस्मातले जीवनभर सताउने पक्का थियो। दुबैले आफ्नो परिवार सम्झे, भक्कानिए र भबिस्यमा आइपर्ने ठुला-ठुला बदनामका पहाड सम्झे अनी जुनाको पेटभित्र हुर्किरहेको बालक सम्झे, परिवार र समाजबाट कलन्कित हुने पुर्बनुमान गरे अनी आसुबनाएर रातभर बगाए। अब जुना र सौरभका चैनका दिन हराइसकेका थिए। केवल अनिद्रा, तनाब, छट्पटीले घाम र जुनका पूर्व पश्चिमहरु ढलिरहे अन्धकार अनी अशिम पिडाका सेकेण्ड, मिनेट र घण्टाहरु गन्ती गर्दै।
हो ऊनै जुना; अर्थात मेरी आमा अझ भनौ जसको पेटमा म दिन-दुगुना रात-चौगुना गर्दै हुर्किरहेको छु केवल त्यो सुन्दर दिनको पर्खाइमा। त्यही दिन जब म आमाको गर्भबाट च्याँ-च्याँ गर्दै धर्तीमा लुटुपुटु गर्नेछु, मेरी आमा मलाई काखमा राखेर चुम्बन गर्नेछिन अनी मेरा बाबा मलाइ देखेर बिछट्टै खुशी हुनेछन्….., मेरा खुट्टा छाम्नेछन अनी बिस्तारै मायालु स्पर्श गर्नेछन। सौरभ र जुना अर्थात मेरा प्यारा बाबा आमाले मलाइ हुर्क्याउने छन्, क-ख चिनाउने छन्, म स्कुल जादा टिफिन तयार गर्नेछन्, कलेज पढाउने छन्, मलाइ मेरै खुट्टामा उभ्याउने छन् अनी म पनि धेरै माया गर्नेछु, एड्गर एलान पोइ जस्तै राम्रो कबिता सुनाउने छु अनी मुहार हसाउने छु अथवा अल्बेर्ट आइन्स्टाइनले जस्तै बिज्ञानमा बिस्वक्रान्ति गर्नेछु अथवा मदर टेरेसाले जस्तै लाखौं अनाथलाई धेरै साहारा दिनेछु अनी मेरा बाबा आमाको सपना पूरा गर्नेछु। हो म यो अन्धकार गुफा भित्र छु, मैले बाहिरी संसार देख्न अझै पाँचमहिना जति बाँकी छ। तर बिडम्बना, मेरी आमा र मेरा बाबा खुशी छैनन किनकी म उनीहरुको मिलनको दिन वाइनले निम्ताएको रंगिन यौबनको परिणामको उपज थिएँ। मेरा आमा र बाबा सायदै मुस्काएका छन यी दिनहरुमा। उनीहरु खादैनन्, राती पनि कोल्टे फेर्दै अनिद्रामानै रात काट्छन् अनी पढाइपनि छिद्र-छिद्र पारिसकेका छन। म बल्ल भ्रुणबाट बच्चाको आकार लिदै छु। केही महिना भित्रै मेरो मुटु ढुकढुक गर्नेछ, मेरो कोकिल कण्ठबाट मिठो आवाज निस्किने छ, म मात्तिएर रुनेछु, मलाई फुल्याउन मेरी आमा मलाइ दुध पिलाउने छिन अनी म बाबाले दिएको गुडिया खेल्दै भुल्नेछु। मेरो शरीर को बृद्दीहुदै गर्दा मेरी आमाको पेट पनि बाहिरै देखिन थालेको छ, समाजको छड्के नजर पर्छकी भन्ने कुरामा साह्रै तनाब छ, मेरा बाबा र आमा मेरो अस्तित्वबारे अझसम्म कसैलाई भनेका छैनन उनीहरु फगत निरास देखीन्छन, एक अर्का लाई हेर्छन, रुन्छन अनी अँगालोको साहारा लिन्छन। हो! उनीहरुको पिडा म बुझ्छु, उनीहरु असल छन तर गलत समयमा आएको दुर्गती स्विकार्न गलेका छन्, मनभित्रै तिरस्क्रित भएका छन् तर म अबिछिन्न हुर्किदै छु उनीहरुको इच्छा बिपरीत।
समय अजीबको हुदो रहेछ। अस्तिसम्म ‘म’ मेरो सुन्दर भविस्यको कल्पनामा हराइरहेको थिए तर आज म अबका केही प्रहरहरुले ल्याउने ज्वारभाटाहरु गुनीरहेको छु। म अहिले हामी बसेभन्दा अर्कै स्टेट तर्फ हिड्दै छु, मेरा बाबा पनि साथमै छन, मेरी आमा मेरा बाबाको छातीमा हप्तौदेखीको अनिद्रा बिर्सिन खोजिरहेकी छिन्। हामी बादलमाथी छौं, अबको केही समयमा नै हामी गन्तब्यमा पुगिरहेका छौ। म यतिबेला मेरी आमाको पेटभित्र बर्बराइरहेको छु ….भयन्कर ज्वालामुखिमा जलिरहेको पत्थरझैं लाजवाफ छु। म निराश छु, थकित छु अनी मेरा सपनाहरु सबै पानीको फोका जस्तै फुटेका छन, हराएका छन्। धेरै बादबिबादपछी मेरा बाबा र आमा अत्यान्तै गम्भीर निर्णयमा पुगेका छन। मेरा बाबा र आमा हामी बसेको स्टेट्मा कानुनी नरहेको र जान गैरहेको स्टेटमा कानुनी रहेको “Abortion” अथवा ‘गर्भपतन’ गर्न गैरहेका छन् अथवा भनौ मेरो जीबित आत्मा निमोठिने छ र फेरि म कहिल्लै त्यो सुन्दर संसार चियाउन पाउने छैन।
हो, म बुझ्छु यो निर्णय नचाहाँदा नचाँहादै विवशतामा लिनुपरेको छ, तर ‘म’; अनी बन्दै गरेको म, अब फेरि ती सुन्दर सपनाहरु देखेको हुने छैन। अबको केही दिनमै म बसिराखेको ठाउमा बेहोस पार्ने सुइ दिईने छ, धारिला-धारिला फोर्सेप र सिजरहरुले पलाउदै गरेका मेरा हात्, खुट्टा अनी शरीर सबै टुक्रा-टुक्रा पारीने छन अनी भ्याकुमले तानिने छ। मरेका मेरा कोषहरुले पनि शायद मेरा बाबा आमाको मुहार देख्न पाउने छैनन। मेरा ‘एड्गर एलान पो’इ’, ‘अल्बर्ट आइन्स्टाइन’ अनी ‘मदर टेरेसा’ बनेर बाबा आमाको मुहार हंसिलो बनाउने सपना अब केवल सपना मात्रै हुनेछन, म फैसला भैसकेको मृत्‍युको बिस्मयकारी पलाहरुलाई अङाल्दै छट्पटिमा रोइरहेको छु। हुन त मेरो मृत्‍युको फैसला गर्ने मेरा बाबा आमालाई जीवनभर लाग्ने श्रापदिन सक्ने नैतिक र धार्मिक अधिकार मेरो छ तर असल स्वभाबका मेरा बाबा आमा अनी उनीहरुको यौबनको क्षणिक उन्मादले निम्त्याएको परिणाम अनि अविवाहित हुँदै जन्मेको ‘म’ मा लाग्न सक्ने कलन्कित उपमाको कारण म उनीहरुलाई श्रापदिन गइरहेको छैन। उनीहरु राम्रो पढुन्, राम्रो जागिर खाउन्, सधैं त्यस्तैगरी माया र स्नेह बाडुन अनी यस्तो गल्ति फेरि फेरि नगरुन। म जन्मिन नसके पनि मेरा बाबा आमाले अब जन्मिने भाइ अथवा बहिनीलाई मेरोजस्तै केही महिनाको जीवन नदिउन्, उनीहरुलाई बाँच्न दिउन्, धेरै माया गरुन्, पढाउन्, एलान पोइ, आइन्स्टाइन, मदर टेरेसा बनाउन् अनी मलाइ दिएको सजाएको प्रायस्चित नगरुन्। मेरा प्यारा आमा अनी बाबाको भाग्यमा मेरा परिपक्क हुँदै गरेका यी आँखाबाट तप्प खसेका आसुहरुले कहिल्लै नबिर्साउने दागहरु दिएर नजाउन् र मेरो अब्यक्त पीडाभित्र लुकेका आशुका झरीहरूले उनीहरुका आँखा कहिल्यै नभिजुन्।