Featured Post

4 Awesome Life Hacks & Creative Science Experiments

  4 Awesome Life Hacks & Creative Science Experiments Hello science and tech lovers, here are 4 Awesome Life Hacks & Creative Scienc...

Wednesday, February 20, 2013

गन्तब्य र खुट्किलाहरू

यो जिन्दगीका
बिशम यात्रा
अनि 
समतला र खन्डहरहरुमा
कहीले जानेर लडें हुँला 
कहीले नजनेरै लडेँ हुँला । 
जङारहरू तर्न खोज्दा,
भुमरिहरुमा 
अनायसै भासियें पनि होला । 
तर पनि,
मेरो गन्तब्य
मेरो आँखा अगाडी छिपेको छैन ।
त्यसैले त
सायद
म थाकेको छैन पनि होला
चढनुपर्ने धेरै घनघस्याहरू देखेर
यो मन
सायद
बिचलित भएको छैन पनि होला
खुट्किलाहरू पछ्छ्याउदै गर्दा
यी खुट्टाहरू
सायद
तिर्मिर्याएका छैनन पनि होला ।।

02/05/013

No comments:

Post a Comment