-Pradeep Gautam,
नगरकोट बाट फिस्स हासेको घामसगै
यो काठमाडौं,
रोग भोक शोकले ग्रसित छ ।
बिहानै मन्दिरका घण्टीहरुले बिउझाउथे पहिले,
टोल टोल का ढुङ्गाहरु पनि पुजिन्थे पहिले,
तर आज,
फोहोरहरुले ढाकिएका छन
ईतिहासका धरोहरहरु ।
माईक्रो, टेम्पो र अनी सुजुकिहरुले
थोत्रो बनैएका छन सडकहरु ।
यो काठमाडौं,
देख्दै उराठ लाग्छ अचेल ।
यस्ले धेरै बोलिहरु सुनेको छ,
धेरै अश्वासन हरु सुनेको छ ,
तर उ आज उदास छ, मलिन छ,
किनकी,
यहाँ बोल्नेहरु मात्रै आए
बनाउने हरु कृष्णभिर कट्न सकेनन वा
निरस मुस्कानसगै बिदेस पलायन भैसके ।
यहाँ सपाङगहरु माग्न बसेका छन
अपाङ्ग को नाटक गरेर ।
भ्रस्ट हरु मौलएका छन
होली खेलिरहेका छन उन्माद्सगै
जनताका पसिनाहरुमा ।।
यहाँ कती हर्के माइला साइलाहरु
कतार अनी कुबेतका खाडीमा डढिरहेका छन,
परिवारको एकसरो कपडा फेर्न ।।
तर,
चोर,फटाहा अनी गुण्डा नाइकेहरु
नेता नामको पगरी गुथेर
तिनै भोका नङ्गा लाई अझै लुछिरहेका छन ।
बिचरा यो काठमाडौं....
बस.....!
हेर्छ टुलुटुलु,
परदेशमा धन कमाउन गएको छोराको आसमा
बुढी आमा आगनिबाट
आँखा बिच्छ्याय जस्तै गरी ।।
काठमाडौं,
धेरै सन्तान देख्यो यसले ।
सबैले कुल्चेरै हिंडे अनी,
चाखे, जिब्रो सल्बल्याय अनी पिच्च थुके..
जस्ले यसलाई माया गर्न खोज्यो
ऊ दास्ढुङामा मिल्कियो ।
फक्रनै नपाई निमिट्यान्न पर्यो ।।
बस् ,
यो काठमाडौं
ईतिहासका पानाहरु भर्ने बेगर
केही गर्न सकेन...
तछड्माछाडको उदेकलाग्दो जिन्दगी देखी
थकिसक्यो,
ऊ अब फगत,
एउटा शान्ति चाहन्छ
अनी,
सुस्ताउन चाहन्छ, हराउन चाहन्छ
फेरी कहिल्लेई नबर्बराउने गरी ।।
जस्ले यसलाई माया गर्न खोज्यो
3E5D1C4D00
ReplyDeletehacker arıyorum
hacker kirala
tütün dünyası
-
-
D596AFD9
ReplyDeleteAntakya
Anamur
Ortaca
Çorlu
Kaynarca
Sorgun
Güllük
Narlıdere
Batum
A86F6A18
ReplyDeleteBuharkent
Altınova
Ölüdeniz
Serik
Kınık
Midyat
Korkuteli
Yenişehir
Milas